यसवर्ष आर्थिक वृद्धिदर ४.५ प्रतिशत मात्र

काठमाडौं, २ असोज- विश्व बैंकले चालू आर्थिक वर्षमा सरकारको लक्ष्यअनुसार नेपालको आर्थिक वृद्धिदर हासिल नहुने जनाएको छ । बैंकले नेपालको आर्थिक वृद्धिदर आगामी दुई आर्थिक वर्ष औसतमा ४ दशमलव ५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो ।सरकारले चालू आवमा आर्थिक वृद्धि ७ दशमलव २ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो । यसअघि विश्व बैंकले ५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । बैंकले सन् २०१८ मा नेपालको आर्थिक वृद्धि ५ प्रतिशतको दरमा र सन् २०१९ मा ४ दशमलव ५ प्रतिशतको दरमा हुने यसअघि प्रक्षेपण गरेको थियो । बैंकका नेपाल कार्यालयका अर्थशास्त्री सुद्युम्न दाहालले लक्ष्यअनुसारको चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर हासिल नहुने प्रस्ट पारे । बैंकले आइतबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’मा समेत उक्त प्रक्षेपण उल्लेख छ, राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?