एस्टन भिल्लाका पूर्व मिडफिल्डर पिटरको निधन

काठमाडौं । कार्डिफ सिटी र एस्टन भिल्लाका पूर्व मिडफिल्डर पिटर विटिङघमको निधन भएको छ । टाउकोमा गम्भीर चोट बोकेपछि वेल्सको युनिभर्सिटी अस्पतालमा भर्ना भएका ३५ वर्षे मिडफिल्डर विटिङघको बिहिबार निधन भएको हो ।

कार्डिफले बिहिबार एक विज्ञप्ति निकाल्दै विटिङघको निधन भएको जानकारी दिएको हो । इंग्ल्यान्डको यू-२१ टोलीका पूर्व सदस्य समेत रहेका विटिङघमले बारीको एक पबमा एक साता अघि दुर्घटनामा चोट बोकेको बताईएको छ ।

विटिङघमले भिल्लाबाट व्यवसायिक फुटबलको सुरुवात गरेका थिए । उनले त्यहाँ ५० बढी खेल खेलेका थिए । सन् २००७ मा कार्डिफ आएका उनले सन् २०१७ सम्म ४ सय ५९ खेलमा ९८ गोल गरेका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?