सरकारको चेतावनीपछि ग्यास उद्योगले दिए गुणस्तर मापदण्डको आवेदन

काठमाडौं, २० माघ । ग्याँस उद्योगीहरुले नेपाल गुणस्तर चिन्ह प्रमाणपत्र (एनएस) चिन्ह प्राप्त गर्नका लागि आवेदन दिएका छन् । गुणस्तरको मापदण्ड पूरा नगर्ने ग्यास उद्योग बन्द गर्ने सरकारको चेतावनीपछि उद्योगीहरूले आवेदन दिएका हुन् बोटलिङ प्लान्टहरूले गुणस्तरको मापदण्ड पूरा नगर्दा जोखिम र दुर्घटनाका घटना बढेपछि विभागले एक महिनाअघि सबै ग्याँस उद्योगलाई गुणस्तरको मापदण्ड पूरा गर्न आग्रह गरेको थियो गुणस्तरको चिन्ह नलिएकालाई अनुमति नदिनका लागि नेपाल आयल निगमलाई विभागले पत्राचारसमेत गरेको थियो । गुणस्तरको चिन्ह नलिने बोटलिङ प्लान्ट बन्द गर्नेसम्मको चेतावनी दिएको थियो हालसम्म नेपाल ग्यास उद्योग, साइबाबा ग्यास उद्योग, मनोज ग्यास उद्योग र श्रीकृष्ण ग्यासले मात्रै मापदण्ड पूरा गरेका छन् भने अन्य उद्योगले गुणस्तरको मापदण्ड पूरा गरेका छैनन् मापदण्ड पूरा गर्न बाँकी ५३ उद्योगले गुणस्तरको चिन्ह प्राप्त गर्नका लागि आवेदन दिएका छन् । गुणस्तर मापदण्ड पालना नगर्ने उद्योगमाथि ६ महिना कैद वा तीन हजार रुपैयाँ जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?