देशभरका कारागारमा कैदीबन्दी भेट्न बन्द

काठमाडौं । सरकारले देशभरका कारागारमा कैदीबन्दीलाई अत्यावश्यकबाहेकका भेटघाटलाई बन्द गरेको छ । कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गर्दै देशभरमा कारागारका कैदीबन्दीलाई भेट्न कडाइ गरेको हो ।

विभागका अनुसार देशभर ७२ जिल्लाका ७४ कारागारमा २५ हजार कैदीबन्दी छन् । कैदीबन्दीलाई कोरोना भाइरस संक्रमणको जोखिम बढ्न सक्ने भन्दै दैनिक भेटघाटमा आउने आफन्तलाई रोक लगाइएको हो ।

कैदीलाई मास्क, स्यानिटाइजर वितरण गर्नुका साथै सरसफाइमासमेत ध्यान दिन कैदीबन्दीलाई सचेत गराइएको विभागले जनाएको छ ।

कारागारमा कैदीबन्दी दैनिकजसो आउनेजाने क्रम जारी रहने भएकाले नयाँ आउनेको ज्वरोलगायत स्वास्थ्य परीक्षण सुरु गर्न थालिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?