काठमाडौं । लोकसेवा आयोगका पूर्वनिर्धारित सम्पूर्ण परीक्षाहरु स्थगन भएका छन् । कोरोनाभाइरसको संक्रमण बढ्ने खतरा भएपछि आयोगले परीक्षा स्थगित गरेको जनाएको छ ।
चैत ८ गतेबाट चैत मसान्तसम्म आयोगद्वारा सञ्चालन हुने सबै परीक्षा स्थगित हुने भएको हो । आयोगले सञ्चालन गर्ने पूर्व निर्धारित निजामति सेवा, सुरक्षा निकाय, संगठित संस्था तर्फका सम्पूर्ण लिखित परिक्षाहरु अर्को सूचना नभएसम्म स्थगित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया