२० हजार मास्क बरामद, दुई जना पक्राउ

पर्सा । पर्सा प्रहरीले काठमाडौंबाट भारत तर्फ लैजादै गरेको छ । पोखरिया नगरपालिका–४ स्थित पोखरिया बजारमा काठमाडौंबाट भिष्वा जाने रात्री बस चेकजाँचको क्रममा ६ बोरा मास्क (२० हजार) बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा उक्त मास्क बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । नेपालबाट भारत लगेर बढी मूल्यमा बेच्ने गरेको सूचना पाएपछि प्रहरीले बुधबार बसमा चेक जाँच गरेको थियो ।

उक्त मास्कसँगै प्रहरीले पर्सा जिल्ला छिपहरमाई गाउँपालिका वडा नं.५ का वर्ष  ३८ को सुलिन जैसवाल र सोहि स्थानका २६ वर्ष का अजय महतो कोइरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?