राष्ट्रिय सभाको निर्वाचनमा अनिवार्य उपस्थित हुन काँग्रेसको निर्देशन

काठमाडौं, २० माघ । नेपाली काँग्रेसले आगामी माघ २४ मा हुने राष्ट्रिय सभा निर्वाचनमा अनिवार्य उपस्थित भएर मतदानमा सहभागी हुन प्रदेश सांसद र स्थानीय निकायका प्रमुख उपप्रमुखलाई निर्देशन दिएको छ पार्टीका कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै काँग्रेसका सबै प्रदेश सांसद र स्थानीय निकायका प्रमुख र उपप्रमुखलाई विदेशमा रहेको भए तत्काल स्वदेश फर्किएर पार्टीका उम्मेदवारलाई मत हाल्न निर्देशन दिएका हुन् विज्ञप्तिमा माघ २२ भित्र प्रदेशको मतदानस्थलमा उपस्थित भएर राष्ट्रिय सभाका उम्मेदवारको निरन्तर सम्पर्कमा रहन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?