माओवादी नेतालाई गोली हान्ने यादव एक वर्षपछि पक्राउ

जनकपुर, २० माघ । माओवादी केन्द्रका एक स्थानीय नेतालाई गोली हानेको आरोपमा एक व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ माओवादीको युवा संगठन वाईसिएलका सिरहा ६ का इन्चार्ज रहेका लालु खानलाई एक वर्षअघि गोली हानेको आरोपमा धनुषाको कमला नगरपालिका–८ सोनापाराका २० वर्षीय सुनिलकुमार यादव पक्राउ परेका हुन् पक्राउ परेका यादव सशस्त्र भूमिगत संगठन मधेश राष्ट्र जनतान्त्रिक पार्टीमा आबद्ध तथा घटनाका मुख्य सुटर रहेको प्रहरीको दाबी छ लामो समयदेखि फरार र प्रहरीको ‘मोस्ट वाण्टेड’ सूचीमा रहेका यादवलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय मिर्चैया पठाइएको धनुषा प्रहरीले जनाएको छ २०७३ फागुन १ गते मल्हनियाबाट मोटरसाइकलमा मिर्चैया बजार जाने क्रममा भारतीय अनटेष्ट नम्बरको मोटरसाइकलमा आएका ४ जनाले खानलाई गोली हानेका थिए । उनलाई प्रहार गरिएका ४ मध्ये २ गोली खानलाई लागेको थियो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यस अघि नै ४ जनालाई पक्राउ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?