पाँचथर । पाँचथरमा छुट्टाछुटै स्थानमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । ११ जना घाइते घाइते भएका छन् ।
बुधबार दिउसो पाँचथरको फिदिम नगरपालिका–११ स्थित तितृया बजार नजिकै पिक दुर्घटना हुँदा चालक बलबहादुर राईको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय पाँचथरले जनाएको छ । सदरमुकाम फिदिमबाट नाँगिन तर्फ जाँदै गरेको मे १ ज ३०६८ नम्बरको पिकअप दुर्घटनामा ५ जना सामान्य घाइते भएका छन् ।
त्यस्तै, बुधबार विहान पाँचथरको तुम्बेवा गाउँपालिका केन्द्र मौवा बजारबाट धरानका लागि छुटेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जीप तुम्वेवा–२ सानन्दे भन्ने स्थानमा आज विहान ९ वजे दुर्घटना भएको हो ।
धरान तर्फ जाँदै गरेको ना १ ज ५२९७ नम्बरको जिप अनियन्त्रित भई सडक बाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घट्नामा तुम्बेवा २ निवासी ५८ वर्षिय मरिचमान लावती, ४० वर्षिय गजेन्द्र लावती,४२ वर्षिय श्री प्रसाद, चालक धनकुटाको भेडेटार घर भएका चन्द्र मगर, तुम्बेवा २ का ५६ वर्षिय लुङडामाँया साँवा, ३५ वर्षिय रणमाँया लावतीका घाइते भएका हुन् ।
उनीहरुलाई उपचारका लागि धरानको घोपा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया