प्रदेश ६ को बैठकको तयारी पूरा, मन्त्रिपरिषद्को कार्यालय स्थापना

सुर्खेत, २० माघ । प्रदेश नं ६ को प्रदेशसभाको पहिलो बैठकको तयारी पूरा भएको छ भोलि २१ गतेका लागि तोकिएको पहिलो प्रदेशसभा बैठकका लागि कार्यविधि सभा स्थलको व्यवस्थापनलगायतका तयारी पूरा भएको प्रदेश सचिवालयले जानकारी दिएको छ प्रदेशसभाको बैठकका लागि तय गरिएको सिँचाइ विभाग डिभिजनको भवन र सभाहल सजाउने, रङरोगन, गेट निर्माणलगायतका काम भइरहेका छन् । पहिलो बैठकमा पेश गरिने एजेण्डालगायतको टुंगो लागिसकेको छ । सचिवालयले शुक्रबार सर्वदलीय बैठकको आयोजना गरेर बैठकमा पेश गर्ने एजेण्डा र अर्को मितिको पनि टुंगो लगाएको जनाएको हो “प्रदेश संसद् बैठकका लागि अन्तरिम कार्य्विधि पारित गर्नुका साथै सभामुख चयनका लागि दोस्रो बैठकको मिति पनि तय गरेका छौँ” प्रदेश संसद् सचिव सञ्जय दाहालले भने, “संसद् भवन र सभाकक्षको तयारी पनि अन्तिम चरणमा पुगेको छ ।” पहिलो बैठकमा सभामुखको भूमिका ज्येष्ठ सदस्य काँग्रेसका हिमबहादुर शाहीले निर्वाह गर्नेछन् सर्वदलीय बैठकले सचिवालयले बनाएको अन्तरिम कार्यविधि पारित गर्नुका साथै सभामुखको निर्वाचनका लागि दोस्रो बैठकको मिति पनि तय गरेको हो । दलहरुबीच भएको सहमतिअनुसार माघ २९ गते सभामुखको निर्वाचन हुनेछ मन्त्रिपरिषद्को कार्यालय स्थापनाप्रदेश संसद् बैठकको मिति नजिकिएसँगै मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय स्थापना गरिएको छ । क्षेत्रीय प्रशासन भवनमा शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्थापना गरिएको हो यस्तै प्रदेश मुख्य सचिव सुरेश प्रधान, मन्त्रिपरिषद् कार्यालयका सचिव यज्ञराज बोहरा र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केशव आचार्यले पनि शुक्रबार पदबहाली गरेर काम शुरु गरेका छन् मुख्य सचिव प्रधानले आउने बुधबारसम्म सबै मन्त्रालय स्थापना गरिने बताउनुभयो । संघीय संरचनाका लागि प्रस्ताव गरिएका भवन खाली हुने क्रममा छन् उनले भने, “मंगलबारसम्म सबै भवन खाली गराएर मन्त्रालय स्थापना गर्छौं ।” उनले क्षेत्रीय कार्यालय खारेज भइनसकेका र उनीहरुका कार्यक्रम पनि सञ्चालन भइरहेकाले भवन खाली गराउने काम केही ढिलो भएको बताए “क्षेत्रीय प्रशासन र क्षेत्रीय हुलाकमा प्रदेश मन्त्रिपरिषद्, मुख्यमन्त्री र प्रमुख सचिवको कार्यालय स्थापना गरिसकेका छौँ” उनले भने, “बाँकी मन्त्रालय बुधबारबाट सञ्चालनमा आउने छन् ।”जिल्ला जनस्वास्थ्य कार्यालयमा गृहमन्त्रालय, जिल्ला भू–संरक्षण कार्यालयमा अर्थ, क्षेत्रीय कृषि र जिल्ला कृषि विकास कार्यालयमा कृषि तथा भूमि व्यवस्थापन मन्त्रालय, क्षेत्रीय सडक र डिभिजन सिँचाइमा पूर्वाधार विकास मन्त्रालय, क्षेत्रीय सिँचाइ र क्षेत्रीय सुपरिवेक्षण कार्यालयमा प्रदेश विज्ञान तथा वातावरण मन्त्रालय, क्षेत्रीय शिक्षा र पशुसेवा निर्देशनालयमा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?