आजदेखि धरानमा बुढासुब्बा गोल्डकप फुटबल सुरु

सुनसरी, २० माघ । धरानमा आजदेखि २० औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुदै छ सुनसरीको धरानमा हुने प्रतियोगिताको उदघाटन खेलमा आज संकटा क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा ए डिभिजन क्लबसहित दुई पाहुना टोलीको सहभागिता रहनेछ यसवर्ष पुरस्कार बढाएर विजेताको ६ लाख र उपविजेताको ३ लाख रुपैयाँ बनाइएको धरान फुटबल क्लबले जनाएको छ । सात विधाका उत्कृष्टले जनही २५ हजार नगद समेत पाउने छन् भने सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल जित्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?