सार्कलाई सक्रिय बनाउनु पर्नेमा डा. भट्टराईको जोड

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले सार्कलाई सक्रिय बनाउनु पर्नेमा जोड दिएका छन्। वुधवार संवाद चौतारीले राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताएका हुन् । उक्त कार्यक्रममा बोल्दै उनले विश्व महामारीको रुपमा फैलिएको कोरोनाको नियन्त्रणका लागि दक्षिण एशियाली मुलुकहरु एकवद्ध भएर लाग्नुपर्नेमा भट्टराईले जोड दिएका छन् ।

कोरोना नियन्त्रणका लागि साझा धारणा बनाउन केहिदिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीको पहलकदमीमा सार्क राष्ट्रका राष्ट्र प्रमुखका विचमा भएको भिडियो कन्फरेन्स अन्यन्तै सफल भएको र यसले सार्क मुलुकहरुलाई अझ नजिक ल्याउँन सहयोग पुगको बताए ।

साथै नेपाल जहिले पनि सार्कको निरन्तरता र क्रियाशिलाको पक्षमा रहेको भन्दै उनले अब यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । स्वास्थ्यमा पुर्ण निको नभएपनि डाक्टरहरुको निगरानीमा रहि प्रधानमन्त्री ओलीले काम गरिरहेको पनि उनले बताएका छन् ।

त्यस्तै कारोना नेपाल भित्रिन नदिन सरकारले उच्च सर्तकता अपनाइरहेको तर नेपाल कोरोना सक्रमणको उच्च जोखिममा भने रहेको भट्टराईले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?