पुल्चोकमा पूर्वगृहमन्त्री शर्माको गाडी दुर्घटना

काठमाडौं, २० माघ । पूर्वगृहमन्त्री जनार्दन शर्माको गाडी ललितपुरको पुल्चोकमा दुर्घटना भएको छ । तर, दुर्घटना भएको गाडीमा भने शर्मा थिएनन् । शर्माको छोरा प्रकाश शर्मा र चालक गाडीमा सवार थिए प्रहरी स्रोतका अनुसार, ‘आज बिहान तरकारी किन्न भनेर जावलाखेलस्थित निवासबाट गाडी लिएर निस्किएका थिए । त्यस पछि ललितपुरको पुल्चोकमा दुर्घटना भएको हो ।,’शुक्रबार बा १५ च १४९३ नम्बरको स्यान्ट्रो कार पुल्चोक पुल नजिकै पल्टिएको हो । गाडीमा सवार दुबै जना सकुशल रहे पनि गाडीमा सामान्य क्षति पुगेको छ । गाडी दुर्घटनाको कारण भने खुलेको छैन पूर्वगृहमन्त्री शर्मासँग दुईवटा गाडी छन् । एउटा गाडीमा जनार्दन आफै चढ्छन् भने खैरो रंगको स्यान्ट्रो गाडी परिवारका अरु सदस्यहरुले प्रयोग गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?