चिनियाँलाई नेपाल भ्रमणको निम्तो

काठमाडौँ, २० माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले चिनियाँलाई नेपाल भ्रमण गरी यहाँको प्राकृतिक छटा, साहसिक र सांस्कृतिक पर्यटनको रसास्वादन गर्न आग्रह गरेका छन् नेपालको पर्यटन प्रवद्र्धनका निम्ति शुक्रबार बेइजिङस्थित नेपाली राजदूतावासले त्यहाँ आयोजना गरेको कार्यशालामा उनले विद्यमान पारस्परिक सम्बन्धलाई थप सुदृढ तुल्याउन दुवै पक्षबाट सहकार्य भइरहेको बताए सो अवसरमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपालको पर्यटन प्रवद्र्धनमा राजदूतावासले गर्दै आएका क्रियाकलापबारे प्रस्तुति दिएका थिए । कार्यशालामा चिनियाँ राष्ट्रिय पर्यटन प्रशासन, विश्व पर्यटन साझेदारी, चिनियाँ अन्तर्राष्ट्रिय पर्यटन सेवा, चिनियाँ युवा यात्रु सेवा, चिनियाँ सञ्चारकर्मीका साथै नेपाल र दक्षिण एशियाली मुलुकमा पर्यटन सेवा उपलब्ध गराइरहेका उद्यमी व्यवसायीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?