महाभारतमा १८ र भगवान श्री कृष्णसँग ८ अंक जोडिनुको यस्तो छ रहस्य !

काठमाडौं । महाभारतको घटना र ज्ञानको रहस्य अझै पनि कौतुहलको विषय नै रहेको छ ।

महाभारतको युद्धमा भगवान श्री कृष्णसँग जोडिएको ८ अंक र युद्धमा १८ अंकको समानताको रहस्य के छ ? यो बारेमा आज हामी तपाईलाई जानकारी दिनेछौँ ।

१. भगवान श्री कृष्णको जन्म भगवान विष्णुको आठौँ अवतारको रुपमा अठ्ठाईसौँ द्वापर युगमा भएको थियो ।

२. श्री कृष्ण देवकीका आठौँ सन्तान थिए ।

३. उनको जन्म कृष्ण पक्षको रात्रीको सातौँ मुहुर्त सकिएलगत्रै आठौँ मुहुर्तमा अष्टमीका दिन ३११२ ईसा पूर्वमा भएको थियो ।

४. भगवान श्री कृष्णका आठ पत्नी थिए ।

५. श्री कृष्णका आठ सखीहरु थिए ।

६. श्री कृष्णका ८ सखाहरु थिए ।
 

महाभारत तथा १८ अंकको रहस्य

१. महाभारतको पुस्तकमा १८ अध्यायहरु छन् ।

२. कृष्णले जम्मा १८ दिन सम्म अर्जुनलाई ज्ञान दिएका थिए, त्यसैले गीतामा पनि १८ अध्याय नै छन् ।

३. महाभारतको युद्ध जम्मा १८ दिन नै चलेको थियो ।

४. कौरव र पाण्डवका सेना पनि १८ अक्षोहिणी सेना थिए, जसमा कौरवसँग ११ र पाण्डवसँग ७ अक्षोहिणी सेनाहरु थिए ।

५. यो युद्धका प्रमुख सूत्रधार पनि १८ नै थिए ।

६. यस युद्धमा जम्मा १८ योद्धा नै जीवित बँचेका थिए ।

७. महाभारतका रचयिता महर्षी वेदव्यासले १८ पुराण नै लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?