उत्कृष्ट प्रशिक्षक बन्दै डिचेले पाए ‘म्यानेजर अफ दि मन्थ’को अवार्ड

काठमाडौं । बर्नलीका प्रशिक्षक सिन डिचेले प्रिमियर लिगको ‘म्यानेजर अफ दि मन्थ’ अवार्ड जितेका छन् ।

फेब्रुअरी महिनाको उत्कृष्ट प्रशिक्षक बन्दै डिचेले ‘म्यानेजर अफ दि मन्थ’ अवार्ड पाएका हुन् ।

उनी फेब्रुअरी महिनामा आफ्नो क्लबलाई अपराजित राख्न सफल बनेका थिए । बर्नलीले फेब्रुअरीमा आर्सनल र न्युकासलसँग बराबरी खेल्दा साउथह्याम्पटन र बर्नेमाउथलाई पराजित गरेको थियो ।

फेब्रुअरीमा उत्कृष्ट नतिजा हात पारेसँगै बर्नली लिगको दशौँ स्थानमा समेत उक्लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?