काठमाडौं । हामी जो कोहिले पनि देख्ने गरेका छौँ मानिसहरुले आफ्नो पसल छिर्ने गेटमा कागती र खुर्सानी झुण्ड्याउने गर्छन् । तर किन झुण्ड्याइन्छ त ? यसको कारण के होला ? हामी जो कोहिको मनमा उठ्ने प्रश्न हो तर हामी यसको कारण खोज्न तिर लाग्ने भन्दापनि रुढीवादी परम्परा होला भनेर भनिदिन्छौ ।
खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको र अन्धविश्वास भनेर टार्न त सकिएला तर यसको वैज्ञानिक कारण भने फरक छ ।
वास्तुदोष हटाउनका लागि कागती र खुर्सानी घरमा वा पसलमा लगाउन प्रेरित गरिन्छ । तपाईको घरमा वा वरिपरि कागतीको रुख छ भने वातावरण स्वच्छ र सकारात्मक ऊर्जायुक्त हुन्छ र तपाई बस्ने वरिपरिको वातावरण स्वच्छ बनाउँदछ ।
सबैले घरमा कागतीको बोट र खुर्सानीको बोट नहुने भएकाले कागती र खुर्सानीलाई उनेर राख्दछन् । कागतीमा धागो उन्दा कागतीबाट सुगन्ध निस्कन्छ र वातावरणमा फैलिन्छ ।
यसले मूड पनि फ्रेश गराउँदछ र हाम्रा घर वरिपरि भएका हानिकारक किराहरु पनि भगाउँदछ ।
कागती एक हप्ताभित्र बासी हुने भएकाले प्रत्येक हप्ता परिवर्तन गर्नुपर्दछ । कागतीको अमिलोले हावालाई सफा बनाउँदछ ।
कागती र खुर्सानीले प्राकृतिक रूपमा वायुलाई स्वच्छ बनाउँदछन् । एउटा कागती र सातवटा खुर्सानीलाई धागोमा उनेर आफ्नो ढोकामा झुण्ड्याउनु पर्दछ र प्रत्येक हप्ता परिवर्तन गर्नुपर्दछ ।
यो देखावटीको वस्तु भन्दा पनि स्वास्थ्यका लागि लाभदायक हुन्छ ।
ज्यो. दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया