प्रदेश ६ र ७ को मुख्य एजेण्डा सभामुख चयन

काठमाडौं, २० माघ । ६ र ७ नं. प्रदेशको पहिलो बैठकले सभामुख चयनको मिति तोक्ने भएका छन् । प्रदेश ६ र ७ को आइतबार बस्ने प्रदेशसभाको पहिलो बैठकबाट अन्तरिम कार्यविधि पारित गर्दै सभामुख चयनको मिति घोषणा गर्ने कार्यसूची तयार गरिएको हो प्रदेश ७ को पहिलो बैठकको कार्यसूचीमा २७ गते सभामुखको निर्वाचनको मिति घोषणा गर्ने विषयमा छलफल हुने छ । बैठकले यो मिति पारित गरे २५ गते नामावली प्रकाशित गरी २७ गते सभामुख चयन हुने सांसद दुर्गा विकले जानकारी दिइन् यसैगरी, प्रदेश ६ को पहिलो बैठकका लागि तयार पारिएको कार्यसूचीमा पनि सभामुखकै विषयलाई मुख्य एजेण्डा बनाइएको छ । प्रदेश ६ को सभामुख चयनका लागि भने २९ गते चुनावको मिति घोषणा गर्ने तयारी गरिएको छ २९ गतेको मितिका विषयमा पहिलो बैठकमा छलफल हुने प्रदेश ६ को सांसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?