हेर्नुहोस् २०७६ साल चैत्र ५ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७६ चैत्र ०५ गते । बुधवार । इ.स.२०२० मार्च १८ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । ने.सं. ११४० सिल्लागा ।

चैत्र कृष्णपक्ष । तिथी– नवमी,०७ बजेर ४३ मिनेट उप्रान्त दशमी । नक्षत्र– पूर्वाषाढा,१६ बजेर ४७ मिनेट उप्रान्त उत्तरषाढा । योग– वरियान,१५ बजेर ३० मिनेट उप्रान्त परिध । करण– गर,०७ बजेर ४३ मिनेट उप्रान्त वणिज,१९ बजेर ३७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा श्रीवत्स योग ।

चन्द्रराशि–धनु,२२ बजेर ५६ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय ६ बजेर १२ मिनेटमा, सूर्यास्त १८ बजेर १३ मिनेटमा । दिनमान ३० घडी ०३ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

धार्मिक तथा अध्यात्मिक काममा समय व्यतित गर्न पाउँदा मन शान्त रहनेछ । भाग्य तपाईको साथमा रहने हुनाले सानो परिश्रमले राम्रो काम गर्न सकिनेछ ।

प्रेमीका तथा साथीभाईले सहयोग गर्ने हुनाले एक कदम अगाडि बढेर प्रगती गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको कामको प्रशंसा हुनेछ । नयाँ नयाँ कामको प्रस्ताव आउने तथा आम्दानीमा वृद्धि हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

भौतिक साधन तथा सवारी साधनको प्रयोग गर्दा बिचार पुर्याउनुहोला अप्रीय घट्ना नघट्ला भन्न सकिन्न । अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महशुस हुनेछ । एकल तथा साझेदारी व्यवसायमा समय दिन नसक्दा आर्थिक व्यवस्थापन गर्न गाह्रो पर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

भौतिक सम्पत्ती तथा विलाशी वस्तुको व्यापार व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । व्यवसायकै शिलशिलामा लामो दुरिको यात्रा तय गर्न सकिनेछ ।

माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ती हात पार्न सकिनेछ । वौद्धिकताको प्रयोग मार्फत अधिकार स्थापित गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

स्रोत साधन जुटाई नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापार फस्टाएर जाने तथा थप लगानी गर्ने वातावरण बनाउन सकिनेछ ।

प्रतिस्पर्द्धीलाई किनारा लगाउँदै अधिकार तथा प्रतिष्ठा जोगाउन सफल होईनेछ । पढाई लेखाईमा गरीएको मिहेनतबाट भनेजस्तो प्राप्ताङक हात पार्न सकिनेछ । राम्रोसँग मिहेनत गर्नेहरुका लागि समय फलदायी रहनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सन्तान तथा परिवारका सदस्यबाट सहयोग पाईनेछ । नाफामुलक व्यवसाय भन्दा सेवामुलक व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा ध्यान जाँदा वौद्धिक क्षेत्र फराकिलो हुनेछ ।

प्रयत्न्न गरेका कामहरु सजिलै सम्पादन हुनेछन् । महंगो उपाहार तथा भौतिक सम्पत्ती प्राप्त हुनेछ । अदालती निर्णयहरु तपाईकै पक्षमा सम्पादन हुनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

साथीभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ ।

मन परेको मानिससँग टाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउँनेछ । अन्य व्यापारमा मन्दी आउने भएपनि कृषी तथा सहकारी व्यवसाय फस्टाएर जानेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आँट,शाहस तथा पराक्रममा वृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ ।

पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायी रहेको छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथीभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछाडि परिन सकिन्छ ध्यान दिनुहोला ।

बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् भने मोटिभेसनल,काउन्सेलिङ तथा बोलेर गर्ने व्यवसाय फस्टाएर जानेछ ।

व्यापार व्यवसायमा समय दिन सके मनग्गे आम्दानी हुनेछ भने भौतिक सम्पत्ती तथा धातु संग्रह गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पुराना कमीकमजोरी सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आउनेछ ।

माया प्रेममा रमाईलो गर्दै समय व्यतित हुनेछ । घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । राजनीतिज्ञको लागि समय राम्रो रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पढाई लेखाईमा मन नजादा भनेजस्तो नतिजा हात पर्न सकिने छैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्दछ ।

स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । व्यापार व्यवसायमा बढिनै समय दिएमात्र नतिजा हात पार्न सकिनेछ । तर पनि विदेशी सामानको खरिद बिक्रिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने विदेश यात्राको गतिलो योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यापार व्यवसायबाट मनग्ने आम्दानी हुनेछ भने आम्दानीका नयाँ नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने तथा रोजगारी पाउने समय रहेको छ ।

भौतिक तथा भोगविलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामी दिनहरुमा विवाहरुपी निकास पाउने योग रहेकोछ । अध्यनमा प्रगति हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

तारिफ योग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेको छ ।

पैत्रिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने कृषी पशुपालन व्यवसाय फस्टाएर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरिको गतिलो योग रहेको छ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेको छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?