एसइई नियमित तालिकामै सञ्चालन हुने

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) नियमित तालिकामै सञ्चालन हुने बताएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम भएपनि उच्च सतर्कताका साथ परिक्षा सञ्चालन गर्ने तयारी सरकारले गरेको हो । सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नियमित तालिका अनुसार नै एसइइ परीक्षा सञ्चालन हुने बताए ।

उनले शिक्षा मन्त्रालयले समेत परीक्षा नियमित तलिका अनुसार नै सञ्चालन हुने गरी व्यवस्थापकीय तयारी गरिरहेको समते बताए । कोरोना भाइरको संक्रमण देखिएका मुलुकमा समेत परिक्षाहरु सञ्चालन भइराखेको उल्लेख गर्दै विद्यार्थीमा समस्या देखिए छुट्टै व्यवस्था गरेर पनि सरकारले परिक्षा सञ्चालन गर्ने उनले बताए । उनले भने ‘एसइइ लाई अहिले हामीले तालीकामै लैजाने भनेर शिक्षा मन्त्रालयले बक्तव्य जारी गरिसकेको छ ।

परीक्षा गरिरहदाखेरी केही पूर्व तयारी हामीलाई चाहिन्छ । जस्तो परीक्षा हलमा प्रवेश गर्दा समान्य टेम्प्रेचर ज्वरो नापेर पठाउने एउटा यदि शंका लाग्यो भने हामीले आइसोलेटेड रुममा राखेर त्यस्तो रुममा पनि निश्चित फरकमा दुरीमा विद्यार्थीहरुलाई राखेर परिक्षा लिने र त्यसको लागि स्वास्थ्यकर्मिहरु खटाउन पर्ने ठाउँमा खटाउने र प्रदेश र स्थानीय तहको पनि त्यहाँ नेर भूमिका हुन्छ ।’

चैत्र ६ गतेदेखि नै नियमित तालिका अनुसार यथावत रुपमा परीक्षा सञ्चालन हुने उनले बताए । यस वर्ष ४ लाख ८२ हजार २ सय १९ जना विद्यार्थीहरु एसइइ परीक्षामा सहभागि हुँदै छन् ।

साथै सरकारले कोरोना संक्रमणको विषयमा अफवाहको पछि नलागी सावधानी अपनाउन अपील गरेको छ। मंगलबार सरकारका प्रवक्ता सञ्चारमन्त्रि डा युवराज खतिवडाले त्यस्तो अपिल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?