ओली-मोदी शिखर वार्ताको तयारी

काठमाडौँ, २० माघ- नेपालका ‘प्रतिक्षित’ प्रधानमन्त्री केपी ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भएको पौने घण्टा लामो ‘वन-अन-वन’ वार्ता को एक उल्लेख्य अंश मिर्गौला प्रत्यारोपण गरेका बिरामीहरूले लिनुपर्ने सावधानी, खानपान र औषधी आदिबारे खर्च भयो । ओली र स्वराज दुवै मिर्गाैला प्रत्यारोपण गरेका बिरामीसमेत भएकाले, त्यो स्वभाविक पनि थियो । स्वास्थ्य चर्चाको यो प्रसंग एमालेले दिएको रात्रिभोजमा पनि केहीबेर दोहोरियो भोजमा सहभागी एक एमाले नेताका अनुसार भारतीय विदेशमन्त्रीको भाषा र भावभंगिमा हेर्दा भारत नयाँ तरिकाबाट नेपालसित सम्बन्ध सुधार्न तयार रहेको बुझ्न सकिन्थ्यो भारतीय विदेशमन्त्री कसको निमन्त्रणमा नेपाल आउनुभएको हो ? भन्ने भन्ने जिज्ञासामा एक वरिष्ठ भारतीय अधिकारीले भने, ‘एक मित्र आफ्नो निकटतम मित्रको घरमा ड्रप बाइ गरेजस्तै हो यो भ्रमण । हामी दुई देशका नेता वा जनतालाई एकअर्काकोमा आउन-जान खास कारण हुनै पर्छ भन्ने छैन । सुष्माजीले भेटघाटको इच्छा व्यक्त गर्नुभयो, नेपाली मित्रहरूले स्वागत गर्नुभयो ।’के भारत अब नेपालमा आफूले विगतमा गरेका गल्तीहरूको ‘कोर्स करेक्सन’ गर्ने निर्णयमा पुगेको हो त ? ती वरिष्ठ भारतीय अधिकारीले थपे, ‘तपाईं आफ्नो सुविधाका निम्ति चाहेको शब्दावली प्रयोग गर्न सक्नुहुन्छ । हामी नेपालमा अब नयाँ बन्ने सरकारसँग नयाँ तरिकाबाट सम्बन्धको विकास गर्न तयार र खुला छौं भन्ने सन्देश दिन चाहन्छौं ।’घटनाक्रमसँग नजिकबाट जानकार एक एमाले सूत्रका अनुसार अध्यक्ष ओली र अन्य नेतागणसँग भारतीय विदेशमन्त्री स्वराजको खुला, स्पष्ट र हार्दिक कुराकानी भएको छ भारतीय विदेशमन्त्रीको अर्को महत्वपूर्ण भेटघाट शुक्रबार बिहान माओवादी अध्यक्ष प्रचण्डसँग रह्यो । प्रचण्ड र भारतबीच विभिन्न कालखण्डमा लभ-हेट रिलेसनसिप रहँदै आएकोमा, अब दुवै पक्ष उतारचढावको ‘रोलर कोस्टर’ सम्बन्धमा बढी परिपक्वताको सम्भावना खोजिरहेको संकेत उच्च कूटनीतिक सूत्रहरूले गरेका छन्, विजयकुमारले अन्नपूर्णमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?