१४ जेष्ठ २०८०, आईतवार

प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने प्रस्ताव

२०७४,आश्विन,२,सोमवार ०१:१२

0
Shares

काठमाडौँ, २ असोज – गृह मन्त्रालयले प्रहरीभित्र ३० वर्षे सेवापछि अवकासको प्रावधान हटाउने प्रस्तावसहित नयाँ कानुनको मस्यौदा तयार गरेको छ । प्रस्तावित विधेयकमा उमेरको अधिकतम हद ५८ वर्ष मात्र कायम हुने उल्लेख छ । उक्त प्रस्ताव व्यवस्थापिका–संसदबाट पारित भए नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै महानिरिक्षकको सेवा अवधि स्वत: थप हुने छ ।प्रहरी महानिरिक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरी महानिरिक्षक सिंहबहादुर श्रेष्ठ ३० वर्षे सेवा अवधिका कारण आउँदो चैत २९ गतेदेखि अनिवार्य अवकास पाउँदैछन् । नेपाल प्रहरीमा अर्याल र अन्य अतिरिक्त प्रहरी महानिरिक्षक पनि एकै दिन अवकास हुनेछन् । प्रहरी संगठनभीत्र अहिले अवकासको आधार ३० वर्षे सेवा अवधी र ५८ वर्ष उमेर हद कायम छ ।नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी दुवैका प्रस्तावित व्यवस्थामा अवकासका लागि उमेर हद र पदावधि दुई विकल्प तोकिएको छ । पहिलो विकल्पमा प्रहरी वरिष्ठ उपरिक्षकदेखि महानिरिक्षकसम्मलाई उमेर हद ५८ वर्ष तोकिएको छ । दोस्रो, प्रहरी महानिरिक्षक नियुक्ति भएको मितिले ३ वर्षसम्म पदमा रहन पाउने उल्लेख छ । उमेरको हद र पदावधि मध्ये जुन अवधिबाट पहिले अवकास हुने हो सोही आधारमा सेवाबाट अवकास हुने पनि उल्लेख छ ।दुवै प्रहरीमा महानिरिक्षकसहित माथिल्ला तहका प्रहरीलाई प्रस्तावित कानुनले सेवा बढाउन मद्धत पुर्‍याउँछ । तर, निरिक्षक, उपरिक्षक तहका सयौं प्रहरीको स्वभाविक बढुवामा भने असर पुर्‍याउने भन्दै असन्तोष पनि सुरु भएको खबर कान्तिपुरमा खबर छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२,सोमवार ०१:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

कैलाली । न्यू लालीगुँरास ग्रामीण विद्युत सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९