काठमाडौं । अधिकांश मानिसहरु फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप जस्ता प्लेटफर्ममा घण्टौ बिताउने गर्दछन् । यसबाट उनीहरुको समय बर्बाद त हुन्छ नै साथै मानिसहरु रोगी वा चिन्ताग्रस्त हुने आशंका बढ्दछ ।
‘कम्प्युटर इन ह्युमन विहेवियर’ नामक जर्नलमा छापिएको एक रिसर्चका अनुसार यदि तपाई खुसी वा स्वस्थ रहन चाहानुहुन्छ भने तपाईले फेसबुक जस्ता सोसल मिडिया प्लेटफर्मबाट टाढा रहनु पर्दछ ।
त्यति मात्रै होइन, खुसीको जीवन व्यतित गर्नु छ भने दिनमा जम्मा २५ मिनेट मात्र सोसल मिडिया प्रयोग गर्नुहोस् । शोधकर्ताहरुले २८६ जनामा गरेको अध्ययनबाट यो कुरा पत्ता लगाएका थिए ।
अध्ययनमा दिनभर धेरैमा १ घण्टासम्म सोसल मिडियाको प्रयोग गर्न दिइएको थियो । उक्त अध्ययन तीन महिनासम्म चलेको थियो ।
अध्ययनमा २५ मिनेट भन्दा कम सोसल मिडियाको प्रयोग गर्नेहरु धेरै खुसी देखिएका थिए । उनीहरुको जीवन शैलीमा सुधार भएको थियो ।
उनीहरुले त्यसपछि आफ्नो परिवारलाई पर्याप्त समय पनि दिएका थिए ।
जर्मन युनिभर्सिटीका अध्ययन प्रमुख शोधकर्ता जुलिया ब्रिलोवास्कियाले फेसबुकको प्रयोग कम गर्ने व्यक्तिहरु पहिला भन्दा सक्रिय भएको र उनीहरुले पहिलाको तुलनामा सिगरेट पिउन पनि कम गरेको र पहिला भन्दा धेरै सन्तुष्ट भएको पाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया