२०७४, १९ माघ शुक्रवार २१:११

२२२ विद्यालयलाई नमूना विद्यालयको स्वीकृति


प्रकाशित मिति : २०७४, १९ माघ शुक्रवार २१:११

विराटनगर, १९ माघ – उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले प्रत्येक स्थानीय तह र प्रदेशमा एक एक पोलीटेक्निक शिक्षालय स्थापना गरी रोजगारमूलक शिक्षा दिनुपर्ने बताउनुभएको छ रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान शाखाले यहाँ आज आयोजना गरेको दुईदिने रोटरी नेपाल लिटरेसी मिशन र वास इन स्कूल अभियानको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै शिक्षामन्त्री श्रेष्ठले साक्षरता र गुणस्तरीय शिक्षाका लागि रोटरी इन्टरनेशनल नेपाल र सरकारबीच द्विपक्षीय सम्झौता भएर केही काम भएको जानकारी दिनुभयो । उहाँले शैक्षिक नीतिमा आमूल परिवर्तनका लागि उच्चस्तरीय शिक्षा आयोगले काम गरिरहेको उल्लेख गर्दै सामुदायिक विद्यालयलाई राम्रो बनाउने कार्यका लागि मुलुकभरिका २२२ विद्यालयलाई नमूना विद्यालयको स्वीकृति दिइएको बताउनुभयो रोटरी इन्टरनेशनल नेपालका प्रमुख सञ्जय गिरी, रोटरी नेपाल लिटरेसी मिशनका अध्यक्ष तीर्थमान शाक्य, पूर्वाञ्चल विश्वविद्यालयका भाइस चान्सलर घनश्यामलाल दास, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, रोटरी भारत लिटरेसी मिशनका अध्यक्ष शेखर मेहतालगायतले भौतिक र शैक्षिक गुणस्तरीयता कायम गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस