मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालय स्थापना, यस्तो छ बैठकको कार्यविधि तय

बुटवल, १९ माघ – प्रदेशको अस्थायी केन्द्र तोकिएपछि रूपन्देहीमा प्रदेशका विभिन्न कार्यालय स्थापना हुने भवनको करिब टुंगो लागेका छन् प्रदेश नं ५ मा सात मन्त्रालयका लागि भवन व्यवस्थापन करिब टुंगिएर आज मात्र प्रदेश नं ५ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना भएको छ । जिल्लामा रहेका सरकारी भवनमध्येकै अत्याधुनिक छतले श्रम कार्यालयको भवनमा चार मन्त्रालय स्थापना गरिएका छन् । उक्त भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना गरिएको छ । उक्त भवनकोे चौथो र पाँचाँै तलामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बस्ने प्रमुख सचिव शंकर पाठकले जानकारी दिए । मुख्यमन्त्रीको कार्यालयमा प्रमुख सचिव, दुई सहसचिवसहित २१ कर्मचारी हुनेछन् त्यस्तै मुख्यमन्त्रीको निवास राजश्व अनुसन्धानको भवन बुटवलमा व्यवस्थापन गरिएको प्रमुख सचिव पाठकले जानकारी दिए । मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना र उद्योग, पर्यटन तथा वन मन्त्रालय रहनेछन् । यस्तै सामाजिक विकास मन्त्रालय सीप विकास तालीम केन्द्रको भवन रामनगरमा तथा भौतिक पूर्वाधार मन्त्रालय यातायात व्यवस्था कार्यालयको भवनमा राख्ने तयारी छ कृषि तथा सहकारी मन्त्रालय भूमिगत जलस्रोत कार्यालय हाटबजारमा रहनेछ । मन्त्रालय व्यवस्थापनका लागि केही सचिवसमेत बुटवल आइसकेका छन् । रूपन्देही व्यापार संघको भवनमा प्रदेश प्रमुखको कार्यालय स्थापना गरिएको छ । हालसम्म निवासको व्यवस्थापन नहुँदा प्रदेश प्रमुख उमाकान्त झा र सचिव सनतकुमार दुवाडी सडक डिभिजन अतिथिगृहमा बसिरहेका छन् सभामुख र छ मन्त्रीसहित केही कर्मचारीका लागि भैरहवास्थित भैलभुजको कार्यालयमा आवासको व्यवस्थापन गरिनेछ । प्रदेशको अस्थायी केन्द्र तोकिएपछि प्रदेशसभाका सदस्यलाई शपथ गराइएको बुटवल उद्योग वाणिज्य संघको सचिवालयलाई संसद् सचिवालयका रुपमा स्थापना गरी त्यहाँ रहेको सभागृहलाई प्रदेशसभा भवनका रुपमा अहिले धमाधम तयारी थालिएको छ बैठकका लागि तोकिएको उक्त भवनलाई विभिन्न खण्डमा विभाजन गरिएको छ । त्यहाँ आवश्यक कुर्सी, टेबललगायत फर्निचर ल्याइएको छ । यस्तै उद्योग वाणिज्य संघको सचिवालय भवनमा प्रदेशसभा सचिवालय स्थापना गरिएको छ । उक्त भवनको पहिलो तलामा सभामुख, उपसभामुख, प्रमुख सचिव र कर्मचारी कक्ष रहनेछन् । सभामुख र प्रमुख सचिवको कक्ष व्यवस्थापनको काम सकिएको छ बैठकको कार्यविधि तयप्रदेशको पहिलो बैठकको कार्यविधि आज सर्वदलीय बैठक बसेर तय गरिएको छ । कार्यव्यवस्था परामर्श समिति गठन भइनसकेकाले राष्ट्रिय पार्टीका स्थानीय नेतृत्वको सर्वदलीय बैठकले पहिलो बैठकका कार्यसूची तय गरेको प्रदेशका ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले जानकारी दिए उन्क्का अनुसार बैठकको प्रारम्भमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र पढेर सुनाइने कार्यसूची रहेको छ । यस्तै सभामुखको निर्वाचनका लागि यही माघ २७ गते उम्मेदवारी दर्ता र माघ २८ गते निर्वाचनको मिति तोक्नेसमेत कार्यसूची रहेको उनले जानकारी दिए । यससँगै पहिलो बैठकमा दलीय प्रतिनिधित्वका आधारमा प्रत्येकलाई १० मिनेट मन्तव्य राख्न दिइने जनाइएको छ १५ मर्यादापालकसंसद्मा आन्तरिक मर्यादापालकको भूमिकामा नेपाल प्रहरीबाट १५ मर्यादापालक खटिएका छन् । प्रहरी निरीक्षक ओमप्रकाश चौधरीको नेतृत्वमा प्रहरीहरु मर्यादापालकका रुपमा खटिएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए । उनीहरुलाई संघीय संसद्बाट आएको सहजीकरण टोलीले मर्यादापालकसम्बन्धी सहजीकरण गरेको छ मर्यादापालकका लागि पुरुषलाई सेतो दौरासुरुवाल, कालोकोट र टोपी तथा महिलाका लागि साडी, चोलो र कालो कोटको पोशाक तय गरिएको बताइएको छ । संसद् अधिवेशनको सुरक्षाका लागि बाहिर करिब १५० प्रहरी खट्ने भएका छन् । सभाकक्षभित्र मर्यादापालक र बाहिरपट्टिको सुरक्षा जाँचमा प्रहरी नै रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?