दुबई पठाइदिने भन्दै रकम ठगि गर्ने एक जना पक्राउ

काठमाडौं । प्रहरीले दुबई पठाई दिने भन्दै १० लाख भन्दा बढी रकम ठगि गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

दुबई पठाइदिन भन्दै ९ जना व्यक्तिबाट १० लाख ५३ हजार एक सय रुपैयाँ ठगि गरेको आरोपमा बागलुङका बर्ष ३८ को शिव कुमार घर्ती मगरलाई पक्राउ प्रहरीले गरेको हो ।

गठि गरेको जाहेरीपछि गंगबुचोक नजिकबाट पक्राउ गरेको हो । उनीमाथि महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?