अवैध सुनसहित विमानस्थलमा कार्यरत प्रहरीका असई पक्राउ

काठमाडौं, १९ कात्तिक– नेपाल प्रहरीका सहायक निरीक्षक (असई) कुल बहादुर राई अवैध सुन सहित पक्राउ परेका छन् राईलाई केन्द्रिय अनुसन्धान ब्युरो र अपराध महाशाखाको संयुक्त टोलीले बिहीबार बालुवाटार स्थित उनको कोठाबाट नियन्त्रणमा लिएको हो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत असई र राई अवैध २० तोलासुनसहित पक्राउ परेका गरेको महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले जानकारी दिए उनलाई अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको बताइएको छ यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?