ओखलढुंगा, १९माघ ।ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका ७ का वडा अध्यक्षले सेवाग्राहीलाई कुटपिट गरेका छन् । श्रीमतीसँग नाता प्रमाणित गर्न भन्दै वडा अध्यक्ष भेट्न सदरमुकाम आईपुगेका स्थानिय गंगाबहादुर बस्नेतलाई वडा अध्यक्ष भुपेन्द्रबहादुर वस्नेतले कुटपिट गरेका हुन् । गंगाबहादुरले फोटो देखाएर श्रीमती हो भन्दै नाता प्रमाणित गर्न अध्यक्षलाई अनुरोध गर्दा अध्यक्ष वस्नेतले त्यो फोटो अर्कैकी श्रीमतीको भएको भन्दै प्रमाणित नगरिदिने अडान लिएका थिए त्यसपछि पनि गंगाबहादुरले फोटो आफ्नै श्रीमतीको भएको भन्दै भूकम्पको दोस्रो किस्ता लिन नाता प्रमाणित पनि आवश्यक भएको दोहोर्यापछि केहिदिन अघि सदरमुकामको एक होटलमा गंगाबहादुरले अनुहार नै सुनिने गरी अध्यक्षको झापड खाएका हुन् अर्काकी श्रीमतीको फोटो देखाएर नाता प्रमाणित गराई फसाउन खोजेपछि आफूले झापड लगाएको वडा अध्यक्ष वस्नेतले बताए । झुटा काम गराउन खोज्नेमाथि थप कारवाही गर्ने अध्यक्ष बस्नेतको भनाइ छ । कुटाइ खाएपछि पीडित नाता प्रमाणित नै नगराई गाउँ फर्किएका छन् । यसअघि पनि जिल्लामा जनप्रतिधीले कुटपिट गरेका दुईओटा घटना सार्वजनिक भैसकेको छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया