‘पब्जी’का बारेमा १० रोचक कुरा !

काठमाडौं । ‘PUBG’ नाम त सुन्नु भएको नै होला । खतरनाक गेम, यो गेम जसले एकपटक खेल्यो उसले त्यसमै ध्यान दियो र खेल्दै बस्न थाल्यो ।

आज हाम्रो घरमा कोहि न कोहि त पब्जीका खेलाडी अवश्य नै पाइन्छन् । पब्जी नखेल्ने घर हाम्रो समाजमा सायदै होलान । तर यसको बारेमा यस्ता धेरै जानकारीहरु छन्, जो धेरै कमलाई मात्र थाहा छ ।

आज हामी तपाईलाई पब्जी गेमका बारेमा १० यस्ता कुरा बताउँदैछौँ जुन कुरा थाहा पाएपछि तपाई हैरान हुनुहुनेछ ।

१. पब्जी सन् २०१७ मा पीसी र एक्सबक्स प्लेटफर्मका लागि लञ्च गरिएको थियो । एकै वर्षमा गेमले हंगामा मच्चाएको थियो ।

२. पब्जी अर्थात् ‘PLAYER UNKNOWN’S BATTLWGROUND’S’ गेम एक जापानी मुभीसँग प्रेरित छ । त्यो मुभीमा पनि केहि मानिसहरुलाई टापुमा छोडिदिइन्छ । त्यहाँ सबै एक आपसमा लड्दछन् र अन्त्यमा मात्र एउटा बच्दछ ।

३. गेमको कन्सेप्टलाइर्ए त तपाईहरुले बुझ्नुभयो तर अब यो जान्नुहोस् कि यो गेमको नाम पब्जी नै किन राखियो ? वास्तवमा यो गेम बाबा ग्रेन्डन ग्रीन जसले यो गेम बनाएका थिए उनी यो गेम बन्नुपूर्व ‘आर्मा-२’ गेम अत्याधिक खेल्दथे ।

यस गेममा उनीहरुले आफ्नो नाम ‘PLAYER UNKNOWN’ राखेका थिए । त्यसैले यो गेमको नाम नै उनीहरुले पब्जी राखेका हुन् ।

४. पब्जी लञ्च भएको केहि समयमै संसारकै सबैभन्दा धेरै मन पराइएको गेम बनेको थियो । पब्जी एउटा यस्तो गेम हो, जसलाई संसारका सबैभन्दा धेरै मानिसहरुले खेल्दछन् ।

५. पब्जी खेल्नेवालाहरुलाई सबैभन्दा धेरै डर ब्लु जोनसँग लाग्दछ । यो एउटा सर्कल हुन्छ, जो समयको साथसाथै सानो हुँदै जान्छ ।

गेममा धेरैजसो त यसै कारणले मर्दछन् । पब्जीमा ब्लु जोनको आइडिया सोभियत संघको सेनाहरुसँगबाट लिइएको थियो ।

६. पब्जी खेल्नेवाला आफैँ आफ्नो डाक्टर हुन्छन् । मतलब तपाई नै सहजै आफूलाई हील गर्न सक्दछन् र आफ्नो ज्यान बचाउन पनि सक्दछन् । तर कहिलेकाँहि आफूलाई हील गर्ने ठाउँ मिल्दैन ।

हामी तपाईलाई यस्तो ठाउँको बारेमा बताउन गईरहेका छौँ, उक्त ठाउँमा तपाईले सहजै आफूलाई बचाउन सक्नुहुनेछ । त्यो ठाउँ हो समुन्द्र । समुन्द्रको भित्र कुनै पनि गोलीले तपाई छुन सक्दैन ।

७. जब पब्जी लञ्च भएको थियो तब, यसमा अन्डरग्राउण्ड टनल जस्ता केहि ठाउँहरु थिएनन् । तर केहि महिना पछाडि त्यसमा म्याप जोडिदिइएको थियो । त्यसपछि गेम झनै राम्रो बन्न थाल्यो ।

८. पब्जी जितेपछि विनर विनर, चिकेन डिनरको प्राइज मिल्दछ । तर तपाईलाई त्यो भनेको के हो भन्ने बारेमा थाहा नहोला । १९ औँ शताब्दीमा जुवाको एउटा खेल खेलिन्थ्यो । गेममा जब कोहि पैसा सोर्दथ्यो तब बाँकि मानिसहरु विनर विनर, चिकेन डिनर भन्ने गर्दथे ।

९. पब्जी गेमका केहि ठाउँहरु भने वास्तविकताकै छन् । उक्त ठाउँहरु तपाई Erangel र Sanhok वाला म्यापमा देख्न सक्नुहुन्छ ।

१०. सबै थोक त जान्यौँ होला नै अब यसको कमाइको बारेमा पनि जानकारी लिऔँ । पब्जीले कमाईको मामिलामा अधिकांश गेमहरुको रेकर्ड तोडिसकेको छ ।

पब्जी कमाईको मामिलामा संसारकै १० सबैभन्दा धेरै कमाउनेवाला गेम्समध्येको एकमा सामेल भईसकेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?