मलोमतोमा खोला ठेक्का दिन लागेको भन्दै स्थानियद्धारा एक गाउँपालिका कार्यालयमा तोडफोड

परासी, १९ माघ । नवलपरासीको बिनयी खोलाको ठेक्का एक कम्पनीलाई मिलोमतोमा दिन लागेको भन्दै स्थानियले गाउँपालिका कार्यालयमा तोडफोड गरेका छन् । नवलपरासी बर्दघाट सुस्ता पुर्वको बिनयीत्रिवेणी गाउँपालिकाले स्थानिय बिनयी खोलाको ठेक्का चितवनको भरपुरका हिरोज कन्सट्रक्शनलाई मिलोमतोमा दिन लागेको आरोप लगाउदै स्थानियले गाउँपालिकमा तोडफोड गरेका हुन् आज विहान कार्यालय खोल्न साथ स्थानियले गाउँपालिका कार्यालयमा ढुंगामुढा गरि ३ वटा झ्यालको सिसा फुटाएका छन् । गाउँपालिकाले गत मंसिर १९ गते एक सूचना प्रकाशित गरि बिनयी खोलाको बिभिन्न ६ खण्डलाई बिभाजन गरेर टेण्डर आब्हान गरेको थियो । ३१ लाख ७ हजार ८ सय ६८ घनफिट परिणाम रहेको उक्त खोला एक करोड २४ लाखमा ३७ हजार ६ सय ५२ रुपौया न्युनतम मुल्य राखेर टेण्डर आब्हान गरिएको थियो टेण्डर बुझाउने म्याद माघ १९ गते दिउसो १२ बजेसम्म रहेकाले गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसी एवं प्रशासकिय अधिकृतले भरतपुरको उक्त कन्सट्रक्शनलाई विहिवार साँझ ४ बजे बोलाई टेण्डर फर्म भराएपछि स्थानियमा आक्रोस बढेको थियो आज १९ गते खोलाका लागि भरिएका १२३ वटा टेण्डर फर्म खोल्ने दिन रहेकाले गाउँपालिका अध्यक्ष एवं प्रशासकिय अधिकृतले हिजो साँझ ४ बजेनै बाहिरी जिल्लाका उक्त कन्सट्रक्शनलाई टेण्डर फर्म किन भराए भनि प्रश्न उठेको थियो । स्थानियले टेण्डर फर्म भरेको थाहा पाएपछि खोला आफुहरुले संरक्षण गरेकोले टेण्डर पनि स्थानियले मात्रै हाल्न पाउनुपर्ने गाउँपालिका संग माग राखेका थिए टेण्डरको कुरा लिएर बिहिबार साँझ विवाद उत्पन्न भएपछि गाउँपालीका अध्यक्षले हिरोज कन्सट्रक्सनले हालेको फर्म शुक्रबार विहान झिक्न लगाउने स्थानिय संग सहमति गरेका थिए । तर आज विहान दिएको बचन पुरा नगरि मोटो रकममा मिलेमतो गरि हिरोज कन्सट्रक्शनलार्ई ठेक्का दिन लागेको भन्दै स्थानिले कार्यालयमा तोडफोड गरेका बताएका हुन् यता गाउँपालिका अध्यक्ष डम्बर बहादुर जिसीले, जिल्ला बाहिरको व्यक्तीले टेण्डर हालेको देख्न नसकेर स्थानियले कार्यालयमा दादागिरी देखाउदै तोडफोड गरेको आरोप लगाए । यहाँ स्थानियले कानुन हातमा लिने र एकलौटी गर्ने अध्यक्ष जिसीले आरोप लगाए । उनले भने, खोलाको ठेक्का आफुँ पार्न केहि स्थानिय युवाहरुले स्थानियलाई उचालेर कार्यालयमा तोडफोड गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?