काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ । लिगको छैटौं चरणको खेल अन्तर्गत मंगलबार दुई खेल हुन लागेको हो ।
पहिलो खेलमा ब्वाईज युनियन क्लब भिड्दै छन् भन दोस्रो खेलमा रानीपोखरी कर्नर टिम आरसीटी भिड्नेछन् । दुबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । ब्वाईज र आरसीटीको खेल अपरान्ह १२:३० मा सुरु हुनेछ ।
ब्वाईज ७ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ । आरसीटी भने ५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
अर्को खेलमा सातदोबाटो युथ क्लबले झम्सिखेल युथ क्लबसँग खेल्नेछ । सातदोबाटो र झम्सिखेलबीचको खेल दिउँसो ३:१५ बजे सुरु हुनेछ । शीर्ष स्थानको सातदोबाटोले अपराजित रहदै ५ खेलमा १५ अंक जोडेको छ । झम्सिखेल ५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया