गोपाल खडकाको निद हराम, बर्खास्त गर्ने तयारी

काठमाडौँ, २ असोज- आपूर्ति मन्त्री शिवकुमार मण्डलले आयल निगमका कार्याकारी निर्देशक गोपाल खडकालाई बर्खास्त गर्न तयारी भएको बताएका छन् । उनले इन्धन भण्डारणका लागि चाहिने जग्गा खरिदको क्रममा खडकाले अनियमितता गरेको ठहर भइसकेको उल्लेख गर्दै बर्खास्तीका लागि सोमबार बस्ने मन्त्रिपरिषदको बैठकमा प्रस्ताव गर्ने जानकारी दिए ।‘जग्गा प्राप्ति ऐन हुँदाहुँदै टेण्डरमार्फत खरिद गरिएको छ । स्थलगत अध्ययनका क्रममा सस्तो जग्गालाई तीन/चार गुणा मुल्य तिरेको देखिन्छ,’ मण्डलले भने, ‘सबैको चर्चाको बिषय बनेकाले खडकालाई बर्खास्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्ने निर्णय गरेको छु ।’ उनका अनुसार सरकारी निकायले जग्गा प्राप्ति ऐनअनुसार जग्गा खरिदका लागि टेन्डर हुँदैन, कान्तिपुर दैनिकमा खबर छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?