मोबाईल डार्क मोडमा राख्ने कि ? यस्ता छन् फाईदा

काठमाडौं – राति सुत्नु अगाडिसम्म र बिहान आँखा खुल्नासाथै मोबाइल हेर्ने बानी अहिलेका प्रायः सबै मानिसमा हुन्छ । यस्तोमा लगातार फोनको चकिलो स्क्रिन हेर्दा थाकेको हाम्रो आँखाका लागि पछिल्लो समय आएको नयाँ ‘डार्क मोड’ फिचर बरदान साबित हुन सक्छ । आँखालाई फाइदा पुर्याउनुका साथै यसले मोबाइलको ब्याट्रीलाई समेत लामो आयु प्रदान गर्न सक्ने प्राविधिक विद्हरुको दाबी छ ।

यति मात्र नभएर डार्क मोडले हामीलाई फोन कम चलाउनमा समेत मद्दत गर्न सक्ने बताइएको छ । सबै अवस्थामा उपलब्ध नभएपनि अहिलेका नयाँ एप र फोनहरुमा डार्क मोड अन गर्न सकिन्छ ।

विशेषगरी लामो समयसम्म प्रयोग गरिरहनुपर्ने एपहरुले धेरै अगाडि नै डार्क मोड फिचर अपनाइसकेका थिए जस्तै भिडियो एडिटर , एडोब र ट्वीटरले २०१६ देखि नै डार्क मोड अपनाएको हो । केही समय अगाडि मात्र लोकप्रिय सामाजिक संजाल इन्स्टाग्राम र युट्युबमा समेत यो फिचर जारी गरिएको छ ।

मोबाइलको ‘डार्क मोड’ आँखा र फोन दुवैका लागि राम्रो हो ।
आनन्दको निन्द्रा कसरी पाउने होला ?
हिजोआज हर मान्छेको दैनिकी व्यस्त छ, तनाव पनि उतिकै । जसले गर्दा मानिसहरुमा अनिन्द्राको समस्या देखा पर्दै गइरहेको छ । जो कोहीलाई भोलिको चिन्ता छ यहाँ । जसले गर्दा हामीलाई दैनिक रुपमा अल्छी, अनिन्द्रा र थकानले सताइरहेको हुन्छ । दिनभरी चलायमान भएको शरीर रातमा आराम गरेर भोलिपल्ट फेरि सक्रिय हुन्छ, यसको लागि मानिस निदाउन जरुरी छ । एक स्वस्थ मानिस हुनलाई कम्तिमा ६ देखि ८ घण्टा निदाउनु पर्छ। शरीरलाई ताजा, फूर्तिलो, तन्दुरुस्त र स्वस्थ्य राख्न निन्द्रा अपरिहार्य छ । निन्द्राले हाम्रो शरीर र मस्तिष्कलाई विश्राम दिन्छ ।

तर कतिपय मानिसलाई निन्द्रा नलाग्ने समस्या हुन्छ। सुत्ने समयमा निन्द्रा नपर्नु, निन्द्रा परेपनि राति बिउँझनु र फेरि सुत्न नसक्नु, बिहान अति चाँडै आँखा खुल्नु अनिन्द्राको लक्षण हुन्। हुन त उमेरले ३० नाघेपछि अनिन्द्राको समस्या हुन्छ भन्ने डाक्टरहरु बताउँछन्। अनिन्द्रा भयानक समस्या हो, जो अनेक रोगको कारण बन्छ । खासगरी अनिन्द्राको कारण मधुमेह, उच्च रक्तचापदेखि तौल बढ्नेसम्मको खतरा हुनछ ।

अनिन्द्राका कारण शरीरमा कर्टिसोल हर्मोनको उत्पादनमा वृद्धि हुन्छ । जसले शरीरमा चिनीको मात्रा बढाउने काम गर्छ । त्यसैले राम्रोसँग निद्रा नपर्ने व्यक्ति मधुमेहको जोखिममा हुन्छन् ।

अनिद्राका कारण उच्च रक्तचापको समस्या पनि हुन सक्छ । अनिद्राको समस्या निरन्तर रहिरहेम मुटुसम्बन्धि रोगको खतरा पनि बढेर जान्छ ।

अनिद्राका कारण सम्झने शक्तिमा पनि कमी आउनुका साथै मानसिक अस्थिरतासमेत निम्त्याउँछ ।

अनिद्राले गर्दा बिहान उठ्दा स्फूर्तिको अनुभूति नहुने, दिनमा निद्रा लाग्ने, काममा मन नजानेलगायत समस्या हुन्छ ।

अनिद्रा र यसबाट उत्पन्न हुन सक्ने सबैखाले शारीरिक तथा मानसिक समस्याबाट बच्नका लागि व्यवस्थित जीवनशैली अवलम्बन गर्नुपर्छ ।

कसरी पाउने गहिरो निन्द्रा ?

– गहिरो निन्द्राका लागि शारीरिक गतिविधिलाई बढाउनुहोस् । घरको काम गर्ने, हिँड्ने, खेल्ने, व्यायाम गर्ने जस्ता कामहरु गर्नुहोस् ।

– सुत्ने समय निश्चित गर्नुहोस् । सुत्नुअघि हल्का व्यायाम गर्नुहोस् ।

– बिहान चाँडै उठ्ने र मर्निङवाकमा निस्कने गर्नुहोस् ।

– गहिरो निन्द्रका लागि ओछ्यान आरामदायक हुनुपर्छ । मध्यम श्रेणीको मुलायम बिछ्यौनामा सुत्नुपर्छ । धेरै मुलायम बिछ्यौनामा कम्मर एवं ढाँड दुख्ने समस्या हुनसक्छ । धेरै मुलायम र धेरै कडा बिछ्यौना मेरुदण्डका लागि पनि उपयोगी हुँदैन ।

– सिरानी धेरै अग्लो वा होचो हुनु हुँदैन । केवल चौडा सिरानी प्रयोग गर्नुपर्छ ।

– संभव भएसम्म खुट्टाको भागलाई थोरै उँचो बनाउनुहोस् ।

– सुत्नासाथ निन्द्रा लाग्दैन भने केही पढ्ने अभ्यास गर्नुहोस्, मधुर संगीत सुन्नुहोस् ।

– मन र मस्तिष्कलाई शान्त र एकाग्र बनाउने अभ्यास गर्नुहोस् । गहिरो सास लिने र छाड्ने प्रक्रिया दोहोर्‍याउनुहोस् ।

९सुत्ने कोठामा टेलिभिजन, कम्प्युटर, मोबाइल आदि नराख्नुहोस् ।

– सुत्नुअघि धेरै पानी पिउनु हुन्न । पटक–पटक पिसाब लाग्ने भएकाले निन्द्रा बिथोलिन्छ ।

– सुत्ने समयमा चिया, कफी, मादक पदार्थ सेवन नगरौं ।

– धेरै शारीरिक मिहिनेत र कम तनाव नै गहिरो निन्द्राको अचुक प्राकृतिक तरिका हो ।

(विभिन्न एजेन्सी र अंग्रेजी साईटको सहयोगमा ) 

निन्द्रा लागेन ? यी उपाय पढेपछि भन्नुहुनेछ, ‘गुड नाईट’ (कुन उमेरलाई कति निन्द्रा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?