सुष्मा स्वराजको नेपाल भ्रमणबारे नेताहरुको यस्तो प्रतिक्रिया !

स्वराजको नेपाल आगमन स्वभाविक, भ्रमण सफल र फलदायी : अध्यक्ष राणा स्वराजको भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ विश्वास थपियो : डा. भट्टराईस्वराजको भ्रमणले नयाँ पर्दा खोलिदियो : कर्ण ‘ओली संविधान संशोधनमा तयार भए हामी सरकारमा जान्छौं’स्वराजको नेपाल भ्रमण सफल र उचित समयमा भएको छ : पूर्वराजदुत सिंहकाठमाडौं, १९ माघ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पुशपतिशमशेर राणाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुई दिने नेपाल भ्रमण सफल र फलदायी रहेको टिप्पणी गरेका छन् शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले भने, ‘उहाँको भ्रमण अत्यन्तै सद्भावपूर्ण हो, फलदायी भ्रमण भयो भन्ने हामीलाई लागेको छ ।’ उनले विदेशमन्त्री स्वराजको नेपाल आगमन स्वभाविक भएको समेत विश्वास दिलाए उनले भने,‘उहाँको नेपाल आगमन स्वभाविक हो, नेपालमा नयाँ सरकार गठन अघि आउनुभयो, समय ताजा छ, भारतले नयाँ सरकार सबैसँग सम्बन्ध उतिकै राम्रो राख्छ, सुमधुर राख्छ ।’उनले आफू र स्वराजबीच पनि भेटवार्ता भएको उल्लेख गर्दै भेटमा कुनै विशेष राजनीतिक कुराकानी नभएको स्पष्ट पारे । उनले भने, ‘हाम्रो पारिवारिक सम्बन्ध छ, राम्रो सम्बन्ध छ, त्यसैले हिजोको भेटमा राजनीतिक कुराभन्दा पनि पारिवारिक कुरा भयो ।’ नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अतुलनीय रहेको उनको भनाई थियो राणाले भने, ‘नेपाल र भारतवीचको सम्बन्ध सुमधुर छ, अतुलनीय छ, खुल्ला सिमानाको सम्बन्ध छ, ठूलो व्यापारिक हिस्सा भएको सम्बन्ध हो, व्यक्ति–व्यक्तिबीचको सम्बन्ध छ, सामाजिक–साँस्कृतिक सम्बन्ध छ, धार्मिक सम्बन्ध छ ।’ उनका अनुसार नेपाल–भारत द्धिपक्षीय सम्बन्ध झनझनै राम्रो भएर जानुपर्ने र अहिले सोही अनुसार अघि बढिरहेको छ उनले नेपालले जलस्रोतको विकासमा आगामी दिनमा ध्यान दिनुपर्नेमा जोड दिए । राणाले भने, ‘अरुण तेस्रो अघि बढिरहेको छ, महाकाली प्रगति भयो, खासगरी यो परियोजना अघि बढ्यो भने नेपाल र भारतवीचको सम्बन्ध नयाँ आयाममा पुग्छ, ६ हजार मेगावाट क्षमताको यो परियोजनाले विकासको ठूला–ठूला संभावनाहरु खोल्छ, त्यो क्षेत्रका विकासले गति लिन्छ ।’ त्यस्तै व्यापार घाटा समेत सुधार्न यो फलदायी र राम्रो उपाय भएको उनको तर्क थियो नेकपा एमालेका नेता एवं नेपाल–भारत सम्बन्ध प्रवुद्ध समूहका नेपाल तर्फका सदस्य डा. राजन भट्टराईले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुई दिने नेपाल भ्रमणले द्धिपक्षीय सम्बन्धमा नयाँ विश्वास थपेको स्पष्ट पारे उनले उच्च तहमा द्धिपक्षीय भ्रमण हुनु अत्यन्तै राम्रो भएको उल्लेख गर्दै भने,‘उच्चस्तरीय राजनीतिक भ्रमण र भेटवार्ताले सम्बन्ध सुमधुर बनाउन सहयोग पुग्छ, नेपालमा तीन तहको निर्वाचन सम्पन्न भएपछि र वाम गठबन्धनले सफलता पाएपछि औपचारिक रुपमा बधाई दिने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चाहना भएकोले विदेशमन्त्री आउनु भएको हो, हाम्रो अध्यक्ष केपी शर्मा ओलीले पनि मोदीको उक्त चाहनालाई स्विकार गर्नुभएको हो ।’भारतीय प्रधानमन्त्री मोदीले नेपालमा अब बन्ने सरकार र यसको नेतृत्व गर्ने एमाले अध्यक्ष ओलीसँग सहकार्य गर्न तयार रहेको भन्नुले नै द्धिपक्षीय सम्बन्ध कस्तो छ भनेर बुझ्न काफी रहेको उनको भनाई थियो भारत नेपालको नजिकको मित्र भएको उल्लेख गर्दै भट्टराईले भने, ‘भारत नेपालको नजिकको साथी हो, हामीलाई भारतले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ, हाम्रो अध्यक्षसँगको टेलिफोनवार्तामा पनि मोदीले सहकार्य र सहयोग गर्ने भन्नुभएको छ, हामीले पनि सहयोग लिनुपर्छ, भारत लगायत अन्य मित्रराष्ट्रहरुसँग हामीले समान खाले सम्बन्ध राखेर अघि बढ्छौं ।’नेता भट्टराईले स्वराजको नेपाल भ्रमण शिष्टाचार भएकोले उनले यो बीचमा सबैसँग भेटवार्ता गरेकोले भ्रमण सफल मानेको आफूहरुले बुझेको बताए । उनले भने, ‘उहाँले आफ्नो नेपाल भ्रमण सफल मान्नुभएको छ ।’नेपालमा निर्वाचन सफल भएपछि भारतले बधाई दिएको उल्लेख गर्दै उनले भने, ‘स्वराज नेपाल आउँदा उनले भने, ‘उहाँको यो भ्रमण शिष्टाचार भ्रमण भनेर, नेपालमा निर्वाचन सम्पन्न भएकोले बधाई र शुभकामना दिन आउनुभएको हो ।’उनले आफूहरुसँगको भेटवार्तामा स्वराजले बधाई दिनुको साथै अब बन्ने सरकारलाई आफूहरु सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएको जानकारी दिए । उनले भने, ‘हाम्रो अध्यक्षसहितको सामुहिक भेटवार्तामा उनले भारतीय प्रधानमन्त्री मोदीको सन्देश सुनाए, आउने सरकारसँग अत्यन्तै सुमधुर सम्बन्ध राख्ने र सहकार्य गर्ने भने’ यो, यीनै विषयमा कुराकानी भएका हुन् ।’ आफूहरु सरकारमा नभएकोले भेटवार्तामा दुई देशबीचको विषयमा कुराकानी नभएको उनले स्पष्ट पारे उनले अब मुलुक राजनीतिक स्थायित्वको दिशामा अघि बढेकोले आर्थिक समृद्धिको लक्ष्य हाँसिल गर्न आफूहरुको ध्यान केन्द्रित हुनेपनि विश्वास दिलाए । भट्टराईले भने, ‘भारत र चीन, र अन्य मित्रराष्ट्रहरुसँग हामी सुमधुर सम्बन्ध बनाएर जान्छौं, उनीहरुको उदारतापूर्वक सहयोग आवश्यक छ ।’राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ कडीमा पुर्याएको विश्वास दिलाए । उनले भने, ‘सुष्माजी आउनुभयो, आज जाँदैहुनुहुन्छ, यसलेपनि नेपाल–भारत सम्बन्धको कडीको काम गर्छ, दुई देशको सम्बन्ध प्रगाढ बनाउँछ ।’कर्णले नेपाल–भारत सम्बन्ध कुनै सरकारले बनाएको सम्बन्ध नभएको उल्लेख गर्दै भने, ‘यो त नेपाल र भारतका जनताले कायम गरेको सम्बन्ध हो, हामीवीच धार्मिक, समाजिक, साँस्कृतिक र रोटीबेटीको सम्बन्ध छ, सयकडौं चेलीवेटीको विवाह भएको छ, प्रगाढ सम्बन्ध कायम गर्नुपर्छ, तर कहिलेकाहीँ चिसोपना आएको देखिएको छ, खुल्ला बोर्डर भएकोले होला, तर हामीबीचको सुमधुर सम्बन्धलाई कायम राख्नुपर्छ, चीनसँग पनि हामीले उतिकै राम्रो सम्बन्ध बनाउनुपर्छ, भारतसँग विशेषसँग कायम गर्नुपर्छ ।’यो बीचमा द्धिपक्षीय सम्बन्धमा केही चिसोपना देखिएको प्रसंग उल्लेख गर्दै उनले भने,‘तर त्यो सम्बन्ध अहिलेको जनमतलाई हेर्दा अब वाम गठबन्धनको सरकार बन्दैछ, उहाँ सुष्माजीको यात्राको मुल उद्दश्ेय वाम ठबन्धनसँगपनि प्रगाढ सम्बन्ध बनाउने नै हो ।’ उनले विदेशमन्त्री स्वराजको नेपालका सबै नेताहरुसँग भेटघाट भएको बताए उनले अघि थपे,‘अरु पार्टीका नेताहरुसँगजस्तै हाम्रो पार्टीका अध्यक्षहरुसँग पनि भेटघाट भएको हो, हामीपनि चौथो र पाँचौ नम्बरका मधेशवादी पार्टीहरु छन् । यही कारणले हाम्रो अध्यक्षहरुसँग भेटघाट भयो, यो स्वभाविक हो । त्यो भेटघाटमा खासगरी म त्यहाँ उपस्थिति नभएपनि मैले सुनेअनुसार सम्बन्ध अगाडि बढाउनुपर्छ भन्नेबारे कुराकानी भयो ।’स्वराजको भ्रमणले निश्चित रुपमा एउटा पर्दा खोलिदिएको कर्णको दाबी थियो । उनले भने,‘ आउने सरकार र भारत सरकारवीच यो सम्बन्ध कायम रहन्छ, यो सम्बन्ध र सहयोगलाई, भारतको नेपालको विकासमा धेरै सहयोग छ, नेपालको शिक्षा, स्वस्थ्यमा धेरै सहयोग छ, अझ कायम राख्छुपर्छ, बढाउनुपर्छ, नेताहरुसँगको भेटवार्ताले अझ मजबुद बनाउन मद्दत पुगेको छ ।’उनले अहिले आफूहरु ओली नेतृत्वको सरकारमा जाने भनेर भएको बहसप्रति टिप्पणी गर्दै भने,‘सुष्माजी आएपछी हामी सरकारमा जान्छौं भन्ने अनुमान विल्कुल गलत हो, सुष्माजी आएपनि वा नआएपनि हाम्रो एकमात्रै जुन विषयलाई लिएर विगतमा हामी ६-६ महिना आन्दोलन गर्यौं, जुन आन्दोलनलाई मधेशी, थारु, जनजातिले पत्याए, जसको प्रतफलबाट आज हामी राष्ट्रिय पार्टी बन्यौं ।’कर्णले संविधान संशोधन गर्नुपर्ने धारणा राख्दै भने,‘यो निर्वाचनलाई पनि हामीले आन्दोलनको रुपमा अघि बढाएका थियौंं, जबसम्म हाम्रो संविधान संशोधन हँुदैन, के–के विषयमा हुन्छ ? अधिकार खोसिएका छन्, ती विषयमा कुरा गरेर, चाहे जुनसुकै सरकार होस् ।’संविधान संशोधन एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण नभएको उनको आरोप थियो । उनले भने, ‘विगतको ईतिहाँस हेर्दा हुन्छ, केपी ओलीको कारणले संशोधन नभएको हो, संसदीय ईतिहाँसले यही बताउँछ, ओली संविधान संशोधन गर्न तयार हुन्छन् र त्योपनि हामीले राखेका कुरामा आधारित भएर, हामीबीचको दूरी कम हुन्छ, एमाले र मधेशबीच खाल्डो देखियो, यदि एमालेले स्विकार गर्छ भने हाम्रो दूरी घट्छ, हामी त्यसबेलामा विचार गछौं, हामी सरकारमा जान पनि सक्छौं ।’यद्धपी उनले अहिले आफूहरुले ओलीको सरकारमा जाने कुनै मन बनाई नहालेका स्पष्ट पारे । उनले भने,‘वाम गठबन्धनले जनमत पाएको छ, सरकार बनाउने हैसियत पाएको छ, हामी प्रतिपक्षमा बसेर पनि मद्दत गछौं, सहयोग गर्छौं, अब हाम्रो आन्दोलन संसदमा सुरु हुन्छ । हामी सडक आन्दोलन छोडेर संसद आन्दोलन प्रारम्भ गर्छौ । हामीसँग सरकारले कस्तो व्यवहार गर्छ त्यो त आउने सरकारमा भरपर्छ । उसले कस्तो कदम चाल्छ त्यो हेर्न बाँकी छ ।’भारतका लागि पूर्व नेपाली राजदूत डा. दुर्गेशमान सिंहले भारतीय विदेशमन्त्री स्वराजको नेपाल भ्रमण सफल र उचित समयमा भएको स्पष्ट पारेका छन् । उनले भने,‘उहाँको नेपाल भ्रमण उचित समयमा भएको हो, यो अत्यन्तै राम्रो र महत्वपूर्ण भयो ।’सिंहले नेपालमा नयाँ म्याण्डेट आएसँगै भारतको तर्फबाट नेपालमा उच्चस्तरीय राजनीतिक भ्रमण भएको बताउँदै भने, ‘यो मित्रताको निरन्तरता हो, नेपाल अब एउटा निश्चित प्रक्रियाबाट अघि बढेको छ, निर्वाचनपछिको नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपियो ।’नेपालमा भर्खरै सम्पन्न भएका तीन तहकै निर्वाचन शान्तिपूर्ण रुपमा भएकोले अब मुलुकमा स्थिरता आउने संकेत देखिएको उनको भनाई थियो । यो बदलिँदो परिवेशलाई ख्यालमा राखेर द्धिपक्षीय सम्बन्ध अब सोही अनुरुप अघि बढाउन भारत तयार रहेको उनको विश्वास थियो स्वराजको नेपाल भ्रमणमा आपसी सद्भावका कुराहरु भएको उनले बताए । उनले भने,‘भारतले पनि नेपालप्रति एउटा सकारात्मक आँकलन गर्न थालेको महशुस भएको छ, स्वराजको भ्रमणले पनि पोजिटिभ ईमेज बनाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?