आज मंगलबार : भगवान गणेशबाट ६ कुरा सिक्नुहोस्

काठमाडौं आज मंगलबार । धेरैको प्रिय भगवान गणेशको पुजाआराधना तथा व्रतको लागि राम्रो मानिने दिन । हिन्दु धर्मावलम्बीहरुले हप्ताको सातै बारलाई विभिन्न देवी देवताको बारको रुपमा लिन्छन् र सोहि बारमा भगवानको प्रार्थना गर्छन् । सोहि अनुरुप मंगबारको दिन कार्यसिद्धिको लागि गणेश भगवानको पुजाआराधना गरिन्छ । भगवान गणेशको पुजा आराधना नगरी कुनै कार्य गर्दा पनि सफल हुँदैन भन्ने धार्मिक मान्यता छ । भगवान् गणेशका अतिरीक्त यस दिन कालीमाता, दुर्गा माता र हनुमानको पनि पुजा आराधना गरिन्छ । भगवान गणेशलाई सिद्धिविनायक भनेर पनि पुकारीन्छ । मंगलबार गणेश मन्दिरहरुमा भिड लाग्छ । हात्तिको जस्तो शिर, मानिसको जस्तो बडेमानको भूडी, हात्तिको जस्तो लामो मोटो नाक, लामा लामा कान भएका गणेशको यी संरचनाबारे विभिन्न किस्साहरु जेडिएको पाईन्छ ।

तस्विर: गुगल

हात्तिको जस्तो शिरबाट यो कुरा सिक्नुहोस् : 
भगवान गणेशको शिर हात्तीको जस्तै छ। त्यसैले कुनैपनि काम गर्दा उच्च शिर लिएर अर्थात् जसरी हात्तिलाई संसारको सबैभन्दा ठूलो थलचर प्राणिको रूपमा लिइन्छ। त्यसरी नै मान्छेले आफुले समाजमा शिर झुकाउनु नपरोस् भन्ने प्रार्थना गर्ने गर्छन् । विज्ञान भन्छ, हात्ती संसारको सबैभन्दा ठूलो थलचर प्राणि भएतापनि यसको आँखा तुलनात्मक रुपमा सानो हुने हुँदा अरु सबै चिजहरू आफु भन्दा ठूलो देख्छ । तसर्थ गणेश भगवानको आकृतिमा देखिएको हात्तीको शिरबाट यो सिक्नु कि संसारमा भएका हरेक जीवलाई आफु भन्दा ठूलो हो भन्ने भावना राख्नु पर्छ । अनिमात्रै सफलता प्राप्त हुन्छ ।

ठुला कानबाट यो कुरा सिक्नुहोस्
पक्कै पनि तपाईले याद गर्नुभएको होला भगवान गणेशका कानहरू ठुला छन्। यसको अर्थ हुन्छ, मानिसले कुनै पनि कामको थालनी गर्दा सबैको कुरा सुन्नु र बुझ्नु पर्छ। हाम्रा दुई कानको सार पनि त्यहि नै हो । सबैको कुराहरू ध्यान दिएर सुन्ने मानिस अन्य मानिस भन्दा बुद्धिमत्ता हुन्छ । आफ्नो मनमौजी गर्ने मान्छे कहिल्यै पनि सफल हुन सक्दैन। गणेश भगवान्को कान ठूलो हुनुको आफ्नो बारेमा नराम्रो कुरा सुन्ने हिम्मत जुटाउनुपर्छ । त्यसैले हामीले कुनै पनि कामको सुरु गर्दा भगवान श्री गणेशका ठुला कानहरूलाई स्मरण गर्नु राम्रो हुन्छ भन्ने अर्थ शास्त्रहरुमा छ ।

 नाक लामो हुनुको अर्थ
लमो नाक भएको मानिसलाई कस्तो गणेश जस्तो भन्ने गरीन्छ नि । पक्कै पनि त्यसको अर्थ छ । भगवान गणेशको नाक लामो हुनुको अर्थ कुनैपनि मान्छेले काम अथवा कार्यथालनी गर्दा आफ्नो लाज ९इज्जत० बचाएर गर्नुपर्ने हुन्छ। समाजमा प्रचलित उखान छ कि फलानाले नाक काट्यो । यसर्थ समाजमा इज्जत बचाउने काम म बाट होओस् भनेर गणेश भगवान्को लामो नाकलाई स्मरण गरी दृढ भएर सकारात्मक सोँचका साथ कार्य थालनी गर्दा अवश्य पनि कार्यसिद्धि हुन्छ ।

ठूलो पेटबाट यो कुरा सिक्नुहोस्
भगवान गणेशको पेट ठूलो छ। किन होला अनुमान गर्नुहोस् त । यसको अर्थ हो कुनै पनि कामको थालनी गर्दा सजिलो छैन । मानिसले गरेको रिस, राग, द्धेष, ईष्र्या, भए नभएका कुराहरू, राम्रा नराम्रा कुरा, खुट्टा तान्ने, डाहगर्ने, क्रिया प्रतिक्रिया सुन्नुपर्छ । ति कुरालाई मनमै दबाएर पैतालामूनि टेकेर पचाउनु पर्नेहुन्छ। राम्रा कुराहरूलाई मनभित्र केन्द्रित गर्न सक्नुपर्छ । मन नाङ्लोजस्तो बनाउनुपर्छ । झगडा गर्नतिर लागियो भने त काममा बाधा आईहाल्छ नि ।

चारवटा हातहरूबाट यो कुरा सिक्नुहोस्
पक्कै याद गर्नुभएको छ, भगवान श्री गणेशका चार वटा हातहरू छन्। तिनमा बन्चरो, लड्डु, वर मुद्रा र फूल छन्। यसको अर्थ हुन्छ, दया, दण्ड, कोमलता र मिठास । कुनै पनि कामको थालनी गर्दा यी चार कुरालाई अस्त्र बनाएर कार्य थालनी गर्दा निकै उत्तम हुन्छ । काममा बाधा व्यवधान आउँदैन ।

भगवान गणेशले वाहन बाट यो कुरा सिक्नुहोस्
सम्झनुहोस् त हिरा कत्रो हुन्छ अनि आँखाको नानी रु पक्कैपनि बहुमुल्य कुराहरुको आकार सानो हुन्छ । मुसो सानो हुन्छ । तर बहुतै चलाख । मुसाले समुन्द्र पारीवाट अन्नहरूको बिउ ल्याएर प्राणीहरुको ज्यान बचाएको हो भन्ने धार्मिक मन्थन पाईन्छ । अक्सर मान्छेहरु सानो कुराहरुलाई आनाकानी गर्छन् । तर हरेक कुराको आकार हेरेर त्यसको बारेमा आँकलन गर्नु गलत हुन्छ । तसर्थ हामीहरूले कुनै पनि कामको थालनी गर्दा भगवान गणेशबाट यो सिक्नुपर्छ चलाख र बुद्धिमान अनि सल्लाह सुझावका लागि उपयुक्त पात्र छान्नुपर्छ । न कि उसको आकार । भनिन्छ, असल शिक्षा बालकबाट लिनुपर्छ ।

यतिमात्रै होईन

यी ५ कुराहरु जीवनमा कहिल्यै नगरौँ
अन्जानमै सहि तर हामी केहि कुराहरु गर्दछौँ, जो हाम्रो आफ्नो व्यक्तित्व विकासका लागि ठीक हुँदैनन् । ति कुराहरुको लिस्ट बनाउने हो भने धेरै हुन सक्छ। तर तपाईको साथमा मात्र पाँच कुराहरुको बारेमा आज हामी तपाईलाई जानकारी दिनेछौँ । यी कुराहरु हामीले आफ्नो जीवनमा पूर्ण रुपमा लागू गरियो भने अवश्य नै हाम्रो जीवन सफल बन्दछ ।

१. दोश्रो व्यक्तिको नराम्रोमा रमाइलो नमान्नुहोस्

यो कुरा त हामी सानैदेखि सुनि नै रहेका छौँ, कि एकले अर्कोको दुस्खमा रमाइलो मानेर बस्नु हुँदैन। यदि कोहि पनि व्यक्ति कसैको नराम्रो गर्दैछ भने त्यसको वास्ता गर्नु हुँदैन र त्यसमा रमाइलो पनि मान्नु हुँदैन ।

यदि तपाईले त्यसमा चासो ‘इन्ट्रेस्ट’ राख्नु भयो भने तपाई पनि त्यसमा नकारात्मक ऊर्जा ‘नेगेटिभ भाईब्स्’ लाई आफ्नो तिर तान्नु हुन्छ । त्यसैले तपाई यस्ता मानिसहरुबाट टाढै रहनुहोस् । यदि आवश्यक नै छ भने पनि चुप लागेर बस्नुहोस् जसको कारण अर्को व्यक्ति स्वयं शान्त हुन्छ ।भनिन्छ नि, ”मौन बस्नु सबैभन्दा ठूलो जवाफ हो ।”

२. आफूलाई अर्कोसँग तुलना नगर्नुहोस्

यसलाई मानिसको कमजोरी ‘डिफेक्ट’ भन्दा पनि फरक पर्दैन । सत्य यो पनि हो कि,अत्याधिक दुखको कारण हाम्रो आफ्नो दुख नभएर अरुको खुसी हुने गर्दछ । तर तपाई त्यो भन्दा माथि उठेर हिँड्नुहोस् ।

किनभने कोहि पनि व्यक्तिको वास्तविक कुरा मात्र उसलाई नै थाहा हुन्छ । हामी बाहिरी स्वरुप अर्थात नक्कली स्वरुपलाई मात्र हेरेर अरुसँग आफ्नो तुलना गर्दछौँ ।

त्यसैले हामीलाई लाग्छ हामी भन्दा अर्को धेरै खुसी छ । त्यसैले कहिल्यै आफ्नो तुलना ‘कम्पेयर’ अरुसँग नगरौँ ।

३. कुनै पनि कामको लागि दोश्रोको ‘डिपेन्ड’ नबनौँ

हामी कुनै जरुरी काम यसकारण पनि पूरा गर्न सक्दनौँ कि, हामी कोहि अरुको भर पर्दछौँ । अरुसँग हरकुनै कामको लागि आश्रीत हुन्छौँ । ‘डिपेन्डमा’ पर्दछौँ । त्यसैले कोहि पनि व्यक्ति विशेषमा आश्रीत ‘डिपेन्ड’ नहुनुहोस् । तपाईले आफ्नो काम समयसीमा भित्र ‘डेडलाईन’ गरिसक्छु भनेर अठौट गर्नुहोस् । र मात्र तपाईमा आत्मविश्वास बढ्दछ र तपाई आफैमा आत्मनिर्भर बन्न सक्नुहुनेछ ।

४. बितिसकेका कुरामा पटक(पटक अफसोस नगर्नुहोस्

यदि तपाईहरुको जीवनमा भूतकालका केहि घटनाले धेरै दुख बनाइरहेको छ भने त्यो कुरालाई बारम्बार नसम्झिनुहोस् ।

दुई पटक सम्झिनुहोस् तर तेश्रो पटक देखि नसम्झनुहोस् । त्योबाट केहि सिक्नुस् र अगाडिको बारेमा सोच्नुहोस् । जसले अरुको अगाडि रुन्छ उसलाई अरु मानिसले झनै खिस्याउन थाल्दछन् । त्यसैले बितिसकेका कुरामा ध्यान नदिनुहोस् । सम्झनुहोस् स् हिजोबाट सिकेर आज राम्रो बनाउनुभयो भने भोली धेरैथोरै राम्रो भईसक्छ ।

५. जुन कुरा आवश्यक छैन, त्यसमा ‘फोकस’ नगर्नुहोस्

सारा विश्वमा हामी जुन कुरामा ध्यान केन्द्रित गर्दछौँ उक्त चिज आश्चर्यजनक रुपमा वृद्धि हुन्छ । त्यसैले आवश्यक कुरामा मात्र फोकस गनुहोस् ।

अरुको चासो राख्ने , अनावश्यक तर्क वितर्क गर्ने, अरुको खील्ली उडाउदा मजा लिने बानीले अन्तत हानी नोक्सानी तपाईको हुन्छ। तयसैले सकारात्मक सोँचसहित आफ्नो परिवारको आफू बसेको स्थानको र सिंगो राष्ट्रको भलोको लागी केहि गर्नपर्छ । अनिमात्रै तपाई बाँचेको सार्थक हुन्छ । विद्वानहरु भन्ने गर्छन् ”नमर्नु मात्रै बाँच्नु होईन ।”

त्यसैले सकारात्मक ऊर्जा प्राप्तीको लागि ध्यान गर्ने, योगा गर्ने, विभिन्न कसरत गर्ने, अरुको सहयोग गर्ने, दान गर्ने, सकारात्मक सूचना प्रेषित गर्ने, सकेसम्म अरुको सेवामा समय बिताउने, आफ्नो ज्ञानको दायरा बढाउने, पिछडिएका हरुको लागि आश्रय बन्न कोशिश गर्नेजस्ता काम गरी जीवनलाई खुलेर आनन्दले जीउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?