काठमाडौं । बिश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण यूएईस्थित नेपाली दूतावासले श्रमिकको मागपत्र प्रमाणीकरणको काम बन्द गर्ने भएको छ ।
दूतावासले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि मंगलबारबाट बन्द गर्ने भएको हो । सरकारले फागुन २९ गतेबाट श्रम स्वीकृति बन्द गरेसँगै दूतावासले पनी उक्त निर्णय गरेको हो ।
दूतावासले ट्राभल डकुमेन्ट, शव नेपाल पठाउने, एनओसी जारी गर्ने, म्याद सकिएको राहदानी बनाउनेजस्ता आवश्यक सेवा भने सुचारू हुने सूचनामा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया