सुत्केरी आमा र बच्चाको मृत्यु

रुकुम, १९ माघ – रुकुम पश्चिममा सुत्केरी हुन अस्पताल आएकी आमा र बच्चाको मृत्यु भएको छ चौरजहारी नगरपालिका–१२ की २८ वर्षीया सुशीला विष्ट र उहाँको बच्चाको चौरजहारी अस्पतालमा मृत्यु भएको हो घरमा अत्यधिक रक्तस्राव भएपछि विष्टलाई आफन्तले बिहीबार अस्पताल पु¥याएका थिए । पाँचौँ पटक गर्भवती भएकी उहाँको बच्चाले गर्भमा नै दिशा गरेपछि बिहीबार राति मृत्यु भएको चौरजहारी अस्पतालका डा सुमन राईले जानकारी दिए विष्टको शरीरमा रगतको अभाव रहेको र बान्ता गरिरहेका कारण उनको उपचारमा समस्या आएको डा राईले बताए । शल्यक्रियाको तयारी गरिरहेकै बेला विष्टको मृत्यु भएको डा राईको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?