सञ्चालनमा आयो प्रदेश ३ मा मुख्यमन्त्रीको कार्यालय

हेटौंडा, १९ माघ । प्रदेश ३ मा शुक्रबारदेखि मुख्यमन्त्रीको कार्यालय सञ्चालनमा आएको छ ।कार्यालय स्थापनासँगै प्रदेशका प्रमुख सचिव रेश्मीराज पाण्डेले पदवहाल गरेका छन् मकवान जिल्ला समन्वय समितिको कार्यालयलाई नै प्रदेश मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद कार्यालयका रुपमा सञ्चालनमा ल्याइएको हो संविधान अनुसार फागुन ३ गतेभित्र मुख्यमन्त्री चयन भइसक्नुपर्ने भएकाले मुख्यमन्त्रीको कार्यालय सञ्चालनमा ल्याइएको हो । यसअघि मध्यमाञ्चलका क्षेत्रीय प्रशासक रहेका पाण्डेलाई एक सातअघि प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिएको हो क्षेत्रीय प्रशासन कार्यालयमा प्रदेश प्रमुख अनुराधा कोइरालाको कार्यालय र आवास बनाइएको छ भने जिल्ला समन्वय समितिको कार्यालयलाई मुख्यमन्त्रीको कार्यालय बनाइएको हो प्रदेश सरकारमा मुख्यमन्त्री र मन्त्रीहरु आउनुअघि नै मन्त्रालय संरचना खडा भइसक्ने पाण्डेको भनाई छ । प्रदेश सरकारका ७ मन्त्रालयमध्ये तीन वटा श्रम कार्यालयमा र अन्य चारवटा घरेलु र स्वास्थ्य निर्देशनालयमा राखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?