सुस्मा स्वराजको नेपाल भ्रमण : ओलीको रात्रीभोजदेखि देउवाको दिवाभोजसम्म

काठमाडौं, १९ माघ । दुई दिने नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण सकिएको छ नेपाल आएलगत्तै राजनीतिक भेटवार्तामा व्यस्त भएकी स्वराजको छलफलको क्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको रात्रीभोजसँगै सुरु भएको थियो शुक्रबार उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिवाभोज दिएपछि भेटघाटको क्रम सकिएको छ । उनी शुक्रबार नै दिल्ली प्रस्थान गर्नेछिन् ओलीबाट सुरु भएको राजनीतिक छलफलको क्रम देउवासम्म आइपुगेपछि सकिएको छ । नेपाल बसाईका क्रममा उनले ओलीसँग बेग्लै र एमाले नेताहरुसँग सामूहिक छलफल गरेकी थिइन् यस्तै शुक्रबार विहान स्वराजले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव तथा राजपाका नेताहरुसँग छलफल गरेकी थिइन् शुक्रबार नै उनले राष्ट्रपति विद्या भण्डारीसँग शिष्टाचार भेट गरेकी थिइन् । राष्ट्रपतिसँगको छलफलपछि उनले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?