नाडेप लघुवित्तले आइपीओ जारी गर्न दियो धितोपत्र बोर्डमा निवेदन दर्ता

काठमाडौं, १९ माघ । नाडेप लघुवित्त वित्तीय संस्था सर्वसाधारणमा साधारण सेयर जारी गर्न अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । लघुवित्तले चार करोड ८० लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरमा चार लाख ८० हजार कित्ता सेयर विक्रीका लागि माघ १७ गते बोर्डमा निवेदन पेश गरेको हो धादिङको गजुरीमा प्रधान कार्यालय रहेको कम्पनीले साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्वेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई सुम्पेको छ नबिल बैंक, विकास आयोजना सेवा केन्द्र, र लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीको लगानी रहेको लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा अमृत प्रसाद रूपमाखेती तथा सञ्चालक समिति अध्यक्षमा पिताम्बर प्रसाद आचार्य रहेका छन् वि. सं. २०७० माघ १५ गते स्थापना भएको संस्थाको चुक्त्ता पूँजी ११ करोड २० लाख रूपैयाँ रहेको छ । लघुवित्तले प्रधान कार्यालय सहित ४३ शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दे आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?