नेपाल इन्स्योरेन्स एनसीसीको साढे चार लाख कित्ता संस्थापक सेयर बेच्दै

काठमाडौं, १९ माघ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कर्मस बैंकको संस्थापक सेयर माघ २१ गतेदेखि विक्री गर्ने भएको छ कम्पनीको सञ्चालक समितिको बैठकले एनसीसी बैंकको चार लाख ३३ हजार ४२ कित्ता शेयर लिलाम बढाबढमा विक्री गर्ने निर्णय गरेको हो यस लिलामी विक्रीका लागि कम्पनीले एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई विक्री प्रबन्धक तोकेको छ लिलामीका लागि न्यूनतम मूल्य १७० रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र दाताले सो भन्दा बढी मूल्य अंकित गरि न्यूनतम एक सय कित्ता देखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । माघ २८ गतेसम्म क्यापिटलको कार्यालय लाजिम्पाटमा शिलबन्दी बोलपत्र पेश गर्न सकिने जनाईएको छ माघ २९ गते विक्री प्रबन्धकको कार्यालयमा दिउँसो ४ बजे बोलपत्र खोलिने सूचना मार्फत उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?