काठमाडौं । कञ्चनपुरमा देखिएको सीमा समस्याका बारेमा सरकार गम्भीर भएको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बताएका छन् ।
महिला बालबालिका तथा समाजकल्याण समिति सभापति निरुदेवी पालसहितको टोलीको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले सीमाका विषयमा सरकार भम्भीर रहेको बताएका हुन् ।
ज्ञापन पत्र बुझ्दै थापाले भने–‘ समस्या के रहेछ तयसबारे बुझ्न नापी विभागका महानिर्देशकलाई बोलाएर आफूले तत्कालै जानकारी लिनेछु । गृह, पराराष्ट्र र भूमिसुधार मन्त्रालयले समन्वय गरेर देखिएको विवाद हल गर्नेतर्फ लग्ने छु ।’
पछिल्लो केही दिनयता कञ्चनपुरको बेल्डाँडी क्षेत्रमा नेपाल–भारत सीमा क्षेत्रमा विवाद बढेको छ । केही दिनअघि नेपाल–भारत संयुक्त सर्भे टोलीले स्थापना गरेको सहायक सीमास्तम्भ ७८३/४ मा विवाद भएको थियो ।
सीमावर्ती भारतीय बजार बनबासामा बसेको संयुक्त सीमा सर्भे टोलीले कैलालीको खक्रौलादेखि कञ्चनपुरको ब्रह्मदेवसम्मका सीमास्तम्भ पुनर्निर्माणदेखि व्यवस्थापन गर्न बैठक डाकेको थियो ।
उक्त विवादबारे सभापति पालसहितको टोलीले गृहमन्त्री थापालाई ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया