‘रअ’ र कर्मचारीपछि भारतीय नेतृत्व नै माइक्रो म्यानेजमेन्टमा !

काठमाडौं, १९ माघ । नेपालमा संविधान घोषणा भएपछि भारतले लगाएको नाकाबन्दीले नेपाल–भारत सम्बन्ध चिसिएका बेला भएको विदेशमन्त्री स्वराजको भ्रमणबारे विभिन्न टिकाटिप्पणी र आशंका भइरहेका छन कतिपयले स्वराजले नेपाल आएर वाम गठबन्धनलाई निर्वाचनमा विजयी भएको र तीन वटा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा बधाई दिनुलाई भारतले संविधान स्वीकार गरेको अर्थमा लिएका छन् विगतमा नेपालसँग यसप्रकारको छलफलका लागि भारतीय विदेश मन्त्रालयका कर्मचारी वा गुप्चर एजेन्सी ‘रअ’ का प्रतिनिधिहरु आएको चर्चा हुन्थ्यो । अहिले भने नेपालसँगको छलफलका लागि भारतका विदेशमन्त्रीकै भ्रमण भएको हो परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाल भ्रमण गरेर सम्बन्ध सुधार गर्न खोज्नु सकारात्मक भएको बताएका छन् यस विषयमा लोकपथले राखेको जिज्ञासामा परराष्ट्रविद् श्रेष्ठले भने, ‘विगतमा भारतले नेपाल मामलामा कर्मचारी र ‘रअ’ जस्ता संगठनलाई परिचालन गरेर माइक्रो म्यानेजमेन्ट गर्ने गर्दथ्यो, तर अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो विशेष दूतका रुपमा स्वराजलाई पठाएर राजनीतिक रुपमा चल्न खोज्नुलाई अन्यथा लिनु हुँदैन ।’उनले भने, ‘नयाँ सरकार गठन भइसकेपछि भ्रमण भएको भए झनै राम्रो हुन्थ्यो, विगतमा पनि भारतले नेपालको आन्तरिक मामलामा पटक पटक हस्तक्षेप गरेकाले सरकार बन्ने समयमा भएको भ्रमणले आशंका जन्माउनु स्वभाविक हो । नेपाली नेताहरुले राष्ट्रिय हितविपरित कुनै पनि कुराकानी गर्नुहुन्न ।’विदेशमन्त्री स्वराजले सरकार निर्माण हुने समयमा नेपाल आएर दलका नेताहरुसँग राजनीतिक सम्बन्ध सुधार गर्न चाहेको संकेत देखाएको भन्दै अब नेपालमा रअ र कर्मचारीले गर्दै आएको माइक्रो म्यानेजमेन्ट राजनीतिक रुपमा परिवर्तन गर्न चाहेको संकेतका रुपमा लिनुपर्ने उनको भनाई थियो स्वराजको नेपाल भ्रमणलाई भारतले लगाएको नाकाबन्दीको समयदेखि बिग्रिएको सम्बन्धलाई सुधार गर्ने अवसरका रुपमा सदुपयोग गरिनुपर्नेमा उनले जोड दिए भारतले दक्षिण एसियाली राष्ट्रहरुमध्ये हिमालय मुनीका राष्ट्रलाई आफ्नो सुरक्षा छाताभित्र राख्ने नेहरुकालीन परराष्ट्र नीति अवलम्बन गरेको भन्दै नेपालमा बेलाबेलामा विरोध हुने गरेको छ सोही अनुसार नै सिक्किमलाई लेण्डुप दोर्जेजस्ता जनप्रतिनिधिलाई हातमा लिएर भारतले आफ्नो कब्जामा पारेको थियो भने भुटानमाथि भारतले यस्तै प्रकारको हस्तक्षेपकारी भूमिका खेलिरहेको छ सोही कारण गत चीन, भारत र भुटानको त्रिदेशीय सीमा क्षेत्रमा चीन र भुटानको संयुक्त दाबी रहेको क्षेत्रमा चीनले सडक निर्माण गर्दा भारत जाइलाग्न पुगेको थियो । जसका कारण चीन र भारतबीच ७३ दिनसम्म विवादको अवस्था देखा परेको थियो परराष्ट्रविद् श्रेष्ठ भन्छन्, ‘भारतले नेपाललाई भुटानजस्तो आफ्नो पञ्जामा राख्न सकिदैन भन्ने बुझेको हुनुपर्छ, त्यसकारण उसले अब राजनीतिक रुपमा यस्ता गतिविधि गर्न सुरु गरेको छ ।’उनले स्वराजसँगका छलफलमा नेपाली नेताहरुले ‘प्रो भारतीय’, वा ‘प्रो चाइनिज’ नभईकन ‘प्रो नेपाली’ भएर कु्राकानी गर्नसक्नुपर्ने पनि बताए । नेपालजस्तो देशले कुनै एउटा राष्ट्रलाई खुसी बनाएरु नभई दुवै राष्ट्रसंघ समदुरीको सम्बन्ध कायम गरेर मात्रै विकास गर्न सक्ने उनको धाराणा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?