साहित्यकार ब्राजाकी रहेनन्

काठमाडौँ, १९ माघ – साहित्यकार मनु ब्राजाकी अब हामीमाझ रहेनन उनको आज बिहान ७५ वर्षको उमेरमा निधन भएको साहित्यकार सुनिल पुरीले जानकारी दिए । मस्तिष्क शिरोघातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णाको भोज’ कथासंग्रह प्रख्यात छन् । समसामयिक विषयमा पत्रपत्रिकामा लेखरचना लेखिरहने उहाँ नेपाली गजल लेखनमा पनि सिद्धहस्त थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?