काठमाडौं । नेपाली कांग्रेसका नेताहरुलाई एकवर्षपछि हुने १४ औं महाधिवेशनको रन्को लागिसकेको छ । कांग्रेसका शीर्ष नेताहरुदेखि जिल्ला तहका नेताहरु महाधिवेशनलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रममा सहभागि भइरहेका छन् ।
महाधिवेशनको चटारोबाट कांग्रेस महामन्त्री डा शशांक कोइराला पनि टाढा छैनन् । उनले पनि महाधिवेशनलाई लक्षित गरि जिल्ला दौडाहालाई तिव्र बनाएका छन् । जिल्ला दौडाहा, कार्यकर्ता भेटघाट, पार्टीका बैठकहरुका बीचमा फुर्सद निकालेर महामन्त्री कोइराला हरेक विहान टिचिङ अस्पताल पुग्ने गरेका छन् ।
चिकित्सक पेशा छोडेर राजनीतिमा होमिएको वीपी कोइरालाका कान्छा छोरा डा शशांक टिचिङ अस्पतालमा चिकित्सकको रुपमा भने पुगेका होइन् ।
चिकित्सा पेशमा भएका बेलामा नियमित खेल्ने गरेको व्याडमिन्टन खेल्नका लागि कोइराला हरेक विहान टिचिङ अस्पताल पुग्ने गरेको उनको नीजि सचिवालयले जनाएको छ ।
कोइराला चिकित्सा पेशामा भएको बेलादेखि व्याडमिन्टन खेल्ने गरेका थिए । राजनीतिमा आएपछि व्यस्त बनेको कोइराला राजधानीमा भएको बेला अधिकांश बिहान व्याडमिन्टन कोर्टमा पुग्ने गर्दछन् ।
सहयोगी सुरज उप्रेतिका अनुसार कोइराला हरेक बिहान साँढे ६ वजेदेखि ८ वजेसम्म व्याडमिन्टन खेल्ने गर्दछन् । टिचिङ अस्पतालमा कोइरालाको व्याडमिन्टन खेल्ने टिम भने राजनीति क्षेत्रका नभएर उनको पुरानो पेशा चिकित्सा क्षेत्रका छन् ।
कोइरालासंग व्याडमिन्टन खेल्ने टोलीमा बरिष्ठ मुटुरोग विषेशज्ञ डा भगवान कोइराला लगायतका चिकित्सक रहेको उप्रेतिले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया