धनुषामा मदिरा सेवनका कारण मर्नेको संख्या नौ पुग्यो (अपडेट)

जनकपुर । धनुषामा घरेलु मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या नौ पुगेको छ । मदिरा सेवाको कारण आइतबार एक जनाको मृत्यु भएपछि नौं पुगेको हो । मदिरा सेवनका कारण बिहीबार तीन, शुक्रबार चार र शनिवार एक जनाको मृत्यु भएको थियो ।

जानकी मेडिकल शिक्षण अस्पतालमा उपचार गराइरहेका क्षिरेश्वरनाथ नगरपालिका –१, रमदैया निवासी ५० वर्षीय राम यादवको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

बिहीबार क्षिरेश्वरनाथ नगरपालिका –२, रमदैयाका ३५ वर्षीय ब्रम्हदेव यादव, ४० वर्षीय रामविलास मण्डल र ६५ वर्षीय गुदरी महराको मृत्यु भएको थियो । त्यस्तै शुक्रबार ज्यान गुमाउनेहरुमा क्षिरेश्वरनाथ नगरपालिका –१, रमदैयाका ३६ वर्षीय रामनारायण महरा र जनकपुर, देवपुरा निवासी (ससुराली आएका) ३० वर्षीय राजु महरा, क्षिरेश्वरनाथ नगरपालिका –२, रमदैयाका २७ वर्षीय इन्द्रजीत महरा र ४७ वर्षीय शत्रुधन मण्डल छन् ।

शनिबार क्षिरेश्वरनाथ नगरपालिका –२, रमदैयाका ६२ वर्षीय श्रीदेव यादवको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?