एमाले अध्यक्ष ओलीद्वारा मौन अवधि उल्लंघन

काठमाण्डौं, १ असोज ।निर्वाचन आयोगले प्रदेश नम्बर दुईमा सोमबार हुन लागेको निर्वाचनका लागि मौन अवधि लागू गरेकै समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उलंघन गरेका छन् ।आइतबार राजधानीको प्रज्ञा भवनमा आयोजित अखिल सम्मान साँझलाई सम्बोधन गर्दै ओलीले ‘सूर्यमा भोट हाल्न सबैलाई सद्बुद्धि आओस्’ भन्दै चुनावपछि एमालेकै नेतृत्वमा संघीय र प्रादेशिक सरकार बन्ने दाबी गरे ।‘चुनावपछि एमालेकै संघीय सरकार बन्छ, ७ ओटै प्रदेशमा पनि एमालेकै सरकार बन्नेमा दुई मत छैन’ ओलीले भने, ‘यो देश बचाउन एमालेलाई पनि बचाउन आवश्यक छ । चाडपर्व आउँदै छ, दूर्गा भवानीले सूर्यमा भोट हाल्ने सद्बुद्धि प्रदान गरुन्, दशैको यही शुभकामना छ ।’कांग्रेस नेता विमलेन्द्र निधिको नामै नलिई उनले पूर्व गृहमन्त्रीको जिल्लामा सत्ताको आडमा एमालेलाई तर्साउने काम भएको भन्दै आपत्ति जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?