भारतीय मोडेलको नेपाली गीतमा धमाका

काठमाडौँ, १९ माघ- नेपाली गीतको भिडियोमा भारतिय मोडल कमै देख्न पाइन्छ । तर गायिका चन्दा घिसिङको नयाँ म्युजिक भिडियो ‘चोलीको तुना’मा भारतिय मोडलले अभिनय गरेका छन् बिहिबार काठमाडौंको चावहिल स्थित चलचित्र विकास बोर्डमा आयोजित विशेष समारोहका सार्वजनिक म्युजिक भिडियोमा भारतीय मोडेल दिपान्सु थापाले अभिनय गरेका हुन् । उनलाई सुमी मोत्तानले साथ दिएकी छन् विज्ञान राईले निर्देशन गरेको भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ । भिडियो हरी हुमागाईले खिचेका हुन् मोडल दिपान्सु नेपाली चलचित्रमा डेब्यु गर्ने तरखरमा छन् । ‘केही राम्रा र ठुला ब्यानरका चलचित्रमा कुरा भइरहेको छ । कुनै एउटा छानेर काम गर्ने सोचमा छु’, नयाँदिल्ली निवासी दिपान्सुले भने । अहिले उनी नेपाल आएका छन् अहिले चल्तिमा रहेका संगीतकार टिका बम्जनको शब्द एवं संगीत रहेको यस गीतमा पवनवाङ लामाको संगीत संयोजन रहेको छ । राम्रो गीत र टिम भएकाले भिडियोमा मोड्लिङ गरे पनि आफ्नो लक्ष्य र सपना चलचित्र भएको दिपान्सुको भनाइ छ । चोलीको तुना गायिका चन्दा घिसिङको नयाँ एल्बमको गीत हो । ‘चोलीको तुना करिएर सारै टाइट भो, मलाई पाउन केटाहरुको ग्याङफाइट भो’ बोलको गीत निकै क्याची छ भारतको इलाहाबादस्थित प्रयाग संगीत समितीबाट शाश्त्रिय संगीतमा विम्युज गरेकी चन्दा थोरै तर स्तरीय गीत गाउन रुचाउँछिन् । तामाङ भाषी चलचित्र ‘मायुङ बुरिङ’ (चेलीमाइती), ‘मिख्ली’ (आँसु), ‘च्याङबा’लगायत विभिन्न चलचित्रमा अभिनय गरेकी चन्दा अभिनयपछि गायनमा लागेकी हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?