फिजीका लागि गैरआवासीय राजदूतमा दाहाल नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम अष्ट्रेलियाका लागि नेपालका आवासीय राजदूत महेशराज दाहाललाई फिजीका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छिन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा आज जारी विज्ञप्तिमा सो कुरा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?