सुष्मा र प्रचण्डको ५० मिनेट गोपय छलफल, भयो के ?

काठमाडौँ, १९ माघ- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल भ्रमणमा रहेको भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच शुक्रबार बिहान भेटवार्ता भएको छ भेटवार्तामा दुई पक्षीय हित, आपसी चासो र नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताइएको छ भेटपछि प्रचण्डले चुनावपछिको अवस्था र सरकार गठनको तयारीका बारेमा स्वराजसँग कुराकानी भएको बताए स्वराजले नेपालको चुनावपछिको अवस्था र सरकार गठनको बारेमा जिज्ञासा राखेको प्रचण्डको भनाई छ । स्वराजले अब नेपाल अघि बढ्छ भनेर चासो राखेको समेत प्रचण्डको भनाइ थियो राजधानीको होटल सोल्टीमा विहान ९ः४० देखि साढे १० बजेसम्म ५० मिनेटसम्म वान टु वान भेट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?